Pages

Home » » मुक्तक दोहोरि तेस्रो शृंखला - पहिलो भाग

मुक्तक दोहोरि तेस्रो शृंखला - पहिलो भाग


मुक्तक दोहोरि तेस्रो शृंखलामा यहाँहरुलाई स्वागत छ |
मुक्तक , गजल , तियाली अनि यस्तै अनेक विधामा निकै चासो बढ्दै गएको अवस्था छ हाम्रो नेपालमा |
नेपालमा रहनु हुने नेपाली या बाहिर रहनुहुने नेपाली या नेपाली भाषा जान्ने र उत्सुकता देखाउनुहुने अन्य मुकुकका नेपाली मनहरु , सबै ऐले साहित्यिक बन्न र भन्न रुचाउनु भएको देखिन्छ | सुरुमा गजल सिक्ने हरु मुक्तक (रुवाइ) , लेख्ने कोसिस गर्छन् , यसै बाटै नया कदमको सुरु हुन्छ र दर्बिलो गजल पनि बन्छ |
हुन त मुक्तक आफैंमा पूर्ण छ , दुई वोटा मात्र शेर हुने मुक्तक लेख्न सजिलो छैन , यहाँ सम्पूर्ण भाव , कथा , व्यथाले पूर्णता पाएको हुनुपर्दछ अनि संरचना पनि .. बल्ल बन्छ मिठो मुक्तक |
      घरमा भएको चिन्ता , बिद्यालयमा भएको खुशी , मुटु गासिएको मान्छे को सम्झना ..यस्तै यस्तै थुप्रै कथा व्यथा फेसबुकमा राखिने गरिन्छ | कतिले ठट्यौली पाराले राख्छन , कसैले फोटो लाइ नै बोल्ने स्वतन्त्रता दिएका हुन्छन भने कतिले मुक्तक,गजल या अन्य यस्तै विधा समातेर सबैलाई आफ्नो अनुभव बाँड्ने गर्छन |

यसरीनै एउटा प्रसंग बाट कृतिम रचित मुक्तक  भनाभन साथै अनेक हाँगा पलाएको छ , यो योजनाबद्ध पनि थियो , तर चुरो भने अर्कै दोहोरि बाट झिकिएको थियो ...
पहिलो कुराकानी मा ..
- Purnima Kali
-Bimal Raj (बिमल राज "राष्ट्रप्रेमी ")
-Pa Chuks (प्रकाश अर्याल "चुकुप्रकाश")
र अन्य  हुनुहुन्थ्यो , यसैको सानो भाग बाट अर्को स्थम्भ सुरु भएको थियो ..
चुरो कुरो चाहिँ यस्तो थियो .,,

Pa Chuks :-
धेरै आए धेरै गए अब दिक्क नहोउ काली
जोडी मिल्छ तिम्रो मेरो उता ठिक्क नहोउ काली
उत्तर दियौ राम्रै गर्यौ fb मा chat हुन्छ अब
पा चुक्स भन्दै बादुल्कीमा घिक्क घिक्क नहोउ कलि

Bimal Raj:-
लगन पनि जुरिस्क्क्यो तिथि मिति फुरिसक्यो
काले पण्डित औला भाच्दै बिहेको दिन कुरिसक्यो
बिमल जी को तथ्याई बठ्याई पुर्णिमा ले बुजेपछी
एकलौटी माया मलाई अन्त सबै तुरिसक्यो

Purnima Kali :-
कसको जुर्यो लगन यहाँ कसले हेऱ्यो मिती ,
कसले भाच्यो औलाहरु कसले पाऱ्यो तिथी ,
मुखले कति ठिक पार्छौ निष्ठुरि छ मन ,
तारा झार्छु भन्छौ तिमी हाजिर छ ज्यान ,
कामै कामको ब्यस्तता छ रिसाएछ नठाने है ,
उत्तर दिदै जाउँला साथी हराएको नमाने है/

Pa Chuks :--
दोहोरि चल्यो मन् पनि पर्यो लगन पक्का भो
स्थिर थ्यो मन त्या पुग्यो आज गुडेको चक्का भो
नाम पनि पुरा पाएको छैन पुर्णिमा कालिको
नचिनी बिरुवा गोडमेल गर्न मन छैन मालीको
रोप्न त रोपे बिरुवा मैले गोडौ म कसरी ?
नजानी आटदा हालत पर्ला बिमलको जसरी

Bimal Raj
Pa Chuks ले के के भन्यो ध्यान दिएर सुन काली
अरुको बहकाउमा नबन न तिमी जाली
तिम्रो मेरो लगन जुर्ने मिती खोज्दै पण्डित कहाँ
होइन भने आजै छोड, नत्र pachuks बजाउ ताली

++++++++++++++++++++++++++++++++++++++++++++++++
चुकुप्रकाश को ब्यग्तिगत फेसबुक Pa Chuks पेज मा चलेको यो मुक्तक
भनाभन मा भाग लिनुहुनेहरु ...

  1. Satya Khatiwada 
  2. Anuragi Binod Gaire 
  3. प्रकास पाठक 
  4. Pa Chuks 
  5. Ashish Danai 
  6. Arun Regmi 
  7. Rashmi Rodan 
  8. Anish Bista 
 हेरौं फोटो गेलेरी मा .....


कस्तो रहेछ त मुक्तक दोहोरि ? कसरि सुरु भयो ? यी मध्य कसले सुरु गरे होलान् ? कसले कस्तो जवाफ फर्काए त .. ?

हेर्न यहाँ क्लिक गर्नुहोस ..
http://chukuprakash.blogspot.com/2014/05/blog-post_6.html 
*कृपया प्रतिक्रिया दिन नभुल्नु होला |


Share this article :

No comments:

Post a Comment

 
Support : Copyright © 2011. chukuprakash | Nepali Lifestyle,Nepali literature,entertainment,Software - All Rights Reserved
Template Design by Prakash aryal Proudly powered by Blogger