Pages

Home » » नेपाली गज़ल : खाडी देश स्वर्ग भा'छ बालुवाको शक्ति हेर (सर्जक : दलबीर सिंह बराइली 'घायल' )

नेपाली गज़ल : खाडी देश स्वर्ग भा'छ बालुवाको शक्ति हेर (सर्जक : दलबीर सिंह बराइली 'घायल' )

Dalbir Singh Baraili 'Ghayal'
खाडी देश स्वर्ग भा'छ बालुवाको शक्ति हेर

देशलाई बिकास गर्ने अगुवाको शक्ति हेर

राम्रो काम जहाँ अनि जोबाट नि सिके हुन्छ
नितिश र मोदी जस्ता बबुवाको शक्ति हेर

अमेरिका युरोपको समानताबाट सिकौं
ओबामा झै आप्रवासी ति युवाको शक्ति हेर

जातजाती धर्मभित्र बिभाजित भयौं हामी
खोसेका छौं दलित र बँधुवाको शक्ति हेर

यो देशमा पार्टी,नेता,कार्यकर्ता लाखौं नै छन्
तोडफोड जुलुस गर्ने हचुवाको शक्ति हेर !

दलबीर सिंह बराइली 'घायल'
गुप्तेश्वर-३, रामेछाप
हालः अल शोवैब,अबुधाबी,युएई

Share this article :

No comments:

Post a Comment

 
Support : Copyright © 2011. chukuprakash | Nepali Lifestyle,Nepali literature,entertainment,Software - All Rights Reserved
Template Design by Prakash aryal Proudly powered by Blogger