Pages

Home » » नेपाली गज़ल : बिग्रियो देशको हाल जनता रुदैछन ( सर्जक : हरीहर कँडेल)

नेपाली गज़ल : बिग्रियो देशको हाल जनता रुदैछन ( सर्जक : हरीहर कँडेल)

हरीहर कँडेल

बिग्रियो देशको हाल जनता रुदैछन ।
शोषक भए मालामाल जनता रुदैछन ॥

चुनाव तभयो संविधान बन्छ भन्ने ।
देखीदैन कुनै चाल जनता रुदैछन ॥


बुद्धको देशमा पनी शान्ति कतै छैन ।
देख्दा बन्द हड्ताल जनता रुदैछन ॥

अतिक्रमण भैरहेछ सिमानामा हाम्रो ।
नहुँदा घेरा पर्खाल जनता रुदैछन ॥

देशमै बसौँ भने कुनै रोजगार छैन ।
छोड्नु पर्दा नेपाल जनता रुदैछन ॥
हरीहर कँडेल
पाली ४ , अर्घाखाँची
Share this article :

1 comment:

HARIHAR said...

धन्यवाद हजुर

Post a Comment

 
Support : Copyright © 2011. chukuprakash | Nepali Lifestyle,Nepali literature,entertainment,Software - All Rights Reserved
Template Design by Prakash aryal Proudly powered by Blogger