Pages

Home » » नेपाली गज़ल : गाली नै गर्छन् सबले मलाई खाते भन्छन् (सर्जक : जगत कार्की )

नेपाली गज़ल : गाली नै गर्छन् सबले मलाई खाते भन्छन् (सर्जक : जगत कार्की )

-: ग ज ल :-
Jagat Karki
,
गाली नै गर्छन् सबले मलाई खाते भन्छन्
बातैपिच्छे थप्पड ला'छन् साला भाते भन्छन

प्यारमा आमाले पा'को धोकाको परिणाम
नाम थरै छैन हजुर, ढिकी-जाँते भन्छन्

आँखा खोले होटेलका गिलास प्लेट संगै
जस्ले पनि हेप्छन्, थुक्क दुई दाँते भन्छन्

'सक्तिन-जान्दिन' भनेर बोल्नै हुन्न केही
खानले मातेको, जिब्रो छ दुई हाते भन्छन्

यो कस्तो निसाफ हो? तेरो भनिदे'न दैब
कुन जन्मको सजाय दि'स? वित्पाते भन्छन् !!
,
शुभपल,,
Share this article :

No comments:

Post a Comment

 
Support : Copyright © 2011. chukuprakash | Nepali Lifestyle,Nepali literature,entertainment,Software - All Rights Reserved
Template Design by Prakash aryal Proudly powered by Blogger