Pages

Home » » नेपाली गज़ल : हेर्दा हेर्दै आज मलाई मारीदियो जिन्दगीले (सर्जक : सुरज अधिकारी अविरल)

नेपाली गज़ल : हेर्दा हेर्दै आज मलाई मारीदियो जिन्दगीले (सर्जक : सुरज अधिकारी अविरल)

हेर्दा हेर्दै आज मलाई मारीदियो जिन्दगीले।
मरुभुमी बगरतिर सारीदियो जिन्दगीले।

समयको बेगसँग जुध्दा जुध्दा टाढा बनाई
मायाँबाट अलग हुन पारीदियो जिन्दगीले।

मनभित्रका इच्चाहरु अचानक टुक्रा पारी
गन्तब्यविहिन बाटोतिर झारीदियो जिन्दगीले।

न त मुहार उज्यालो छ न त ओठमा हाँसो नै छ
एकाएक सारा खुसी बारीदियो जिन्दगीले ।

जाहाँ जाउ जता जाँउ दुखै मात्र झेल्नुपर्छ
सुख पाउने चाहा सबै टारीदियो जिन्दगीले।

सुरज अधिकारी 'अविरल'
चितवन
(गुञ्जानगर 5)
Share this article :

No comments:

Post a Comment

 
Support : Copyright © 2011. chukuprakash | Nepali Lifestyle,Nepali literature,entertainment,Software - All Rights Reserved
Template Design by Prakash aryal Proudly powered by Blogger