Pages

Home » » नेपाली गज़ल : चरी जस्तै आकाशमा उड्थेँ , पखेटा हाल्न सके म (सर्जक : राम चन्द्र छेत्री )

नेपाली गज़ल : चरी जस्तै आकाशमा उड्थेँ , पखेटा हाल्न सके म (सर्जक : राम चन्द्र छेत्री )

Ram Chandra Chhetri

चरी जस्तै आकाशमा उड्थेँ , पखेटा हाल्न सके म
यो छातीको वेदना फाल्थेँ , उखेली फाल्न सके म ।।

दोधारै दोधार हुन्छु सँधै , जीन्दगीको यात्रामा
नरोकी यो पाईला चाल्थेँ , अगाडी चाल्न सके म ।।

भोकमा भोजन नहुँदा कठै! फाट्यो गरिवको मन
फाटेको मन राम्ररी टाल्थेँ , मनैले टाल्न सके म ।।

आफ्नै जस्तो लाग्छ मलाई , अरुको दुख पिडानि
सब्को खुशी खुशीले बाल्थेँ , दियोमा बाल्न सके म ।।

नरोउन प्रिय को छर सुखी , संसारै दु:खमा छ
सारा दु:ख सुन झै गाल्थेँ , नखारी गाल्न सके म ।।
राम चन्द्र क्षेत्री
Share this article :

No comments:

Post a Comment

 
Support : Copyright © 2011. chukuprakash | Nepali Lifestyle,Nepali literature,entertainment,Software - All Rights Reserved
Template Design by Prakash aryal Proudly powered by Blogger