Pages

Home » » नेपाली गज़ल : नबिराउनु नडराउनु भन्नुहुन्थ्यो हजुरबाले (सर्जक :जगत अधिकारी 'अनमोल' )

नेपाली गज़ल : नबिराउनु नडराउनु भन्नुहुन्थ्यो हजुरबाले (सर्जक :जगत अधिकारी 'अनमोल' )

जगत अधिकारी 'अनमोल'
नबिराउनु नडराउनु भन्नुहुन्थ्यो हजुरबाले !
असत्यलाइ नपछ्याउनु भन्नुहुन्थ्यो हजुरबाले !

बिना प्रमाण हचुवाको आधारमा कसैलाइ'नि !
झुठो आरोप नलगाउनु भन्नुहुन्थ्यो हजुरबाले !

यति कुरा याद गरेस खरानीको मोह गरी !
घर कै'ल्यै नजलाउनु भन्नुहुन्थ्यो हजुरबाले !

भ्रम मात्रै हुनेछ त्यो हात्तीलाई तर्साउन !
ब्यार्थै नाङ्लो नठटाउनु भन्नुहुन्थ्यो हजुरबाले !

को कस्तो छ नबुझेरै जथाभावी सबैसङ्ग !
निकटता नबढाउनु भन्नुहुन्थ्यो हजुरबाले !

स्वयमलाइ हानि गर्छ, घमण्ड र रिसलाइ !
मनभित्र नसजाउनु भन्नुहुन्थ्यो हजुरबाले !
__________________________
जगत अधिकारी 'अनमोल'
खोटाङ बाक्सिला-४
हाल : क्षितिज पारी बाट
Share this article :

No comments:

Post a Comment

 
Support : Copyright © 2011. chukuprakash | Nepali Lifestyle,Nepali literature,entertainment,Software - All Rights Reserved
Template Design by Prakash aryal Proudly powered by Blogger