Pages

Home » » नेपाली गज़ल : देशको शिर उचा गर्ने किसान हामी नै हौ (सर्जक : प्रकाश अर्याल 'चुकुप्रकाश' )

नेपाली गज़ल : देशको शिर उचा गर्ने किसान हामी नै हौ (सर्जक : प्रकाश अर्याल 'चुकुप्रकाश' )

Pa Chuksगज़ल ___________________

देशको शिर उचा गर्ने किसान हामी नै हौ
रात दिन लागि पर्ने किसान हामी नै हौँ

अपनाउनु पर्छ अब आधुनिक खेती
जगतको पेट भर्ने किसान हामी नै हौँ

पारिसक्यो सरकारले ,कृषि माथि नजर
फेरी किन पछी सर्ने? किसान हामी नै हौँ

भन्छु म त किसान लाई संसारकै पिता
यत्र तत्र ज्योति छर्ने किसान हामी नै हौँ

लाग जाग आघि बढ उन्नत खेती तर्फ
होइन भने भोकै मर्ने किसान हामी नै हौँ

-प्रकाश अर्याल "चुकुप्रकाश"

Prakash Aryal 'chukuprakash'
Nalang 7 Baireni Dhading

विश्राम ४-४-६

  राष्ट्रिय धान दिवस  २०६१ को अवसरमा सम्पन्न भएको नालाङ कृषि महोत्सव तथा रोपाइँ कार्यक्रममा वाचन गरिएको

Share this article :

No comments:

Post a Comment

 
Support : Copyright © 2011. chukuprakash | Nepali Lifestyle,Nepali literature,entertainment,Software - All Rights Reserved
Template Design by Prakash aryal Proudly powered by Blogger