Pages

Home » » नेपाली गज़ल : पटक पटक टुक्रिएको दिल छ हजुर (सर्जक : रश्मि भण्डारी गोमा )

नेपाली गज़ल : पटक पटक टुक्रिएको दिल छ हजुर (सर्जक : रश्मि भण्डारी गोमा )

Rasmi Bhandari Goma

पटक पटक टुक्रिएको दिल छ हजुर
घाउ अनि पिपै पिपको खिल छ हजुर

आँसुले नि खोज्यो भाग्न चाह छैन रे बस्ने
अश्रुधारा आँखामा टिलपिल छ हजुर

ताल भन्दा के कम बर्षेपछि बर्षाहरु
थेग्नै गाह्रो लाक्षी परेलि डिल छ हजुर

बग्दै गएँ आँसु सँग डुब्दैछु म त अब
सास त्याग्न मलाई त चिलबिल छ हजुर
 


Rasmi Bhandari Goma

Share this article :

No comments:

Post a Comment

 
Support : Copyright © 2011. chukuprakash | Nepali Lifestyle,Nepali literature,entertainment,Software - All Rights Reserved
Template Design by Prakash aryal Proudly powered by Blogger