Pages

Home » » नेपाली गजल : जलथल छ हिलोमा ,भासिँदो देश हाम्रो ( सर्जक : हरि प्रसाद ओली )

नेपाली गजल : जलथल छ हिलोमा ,भासिँदो देश हाम्रो ( सर्जक : हरि प्रसाद ओली )

मालिनी छन्द (पन्ध्र अक्षर को गजल )
( आठ अक्षर मा विश्राम )
न न म य य (गण )
१११ १११ २२ २१२२ १२२
"--------------गजल--------------"
जलथल छ हिलोमा ,भासिँदो देश हाम्रो ,
अलिअलि गरि लौ है ,नासिँदो देश हाम्रो /
छल कपट भएरै ,भत्कियो आश सारा ,
झन झन झन भित्रै ,टासिँदो देश हाम्रो /
हरपल छ उतैको ,गान धेरै गरेको ,
रहन सहन मिल्दा ,गासिँदो देश हाम्रो /
समय त सब गैगो ,हिँड्न गार्हो छ संगै ,
पलपल झगडा मै ,मासिँदो देश हाम्रो /
हरि प्रसाद ओली
साउदी अरब
साउदी अरबियन एयरलाईन्स
साउदीया क्याटेरिङ
जेद्दा
Share this article :

No comments:

Post a Comment

 
Support : Copyright © 2011. chukuprakash | Nepali Lifestyle,Nepali literature,entertainment,Software - All Rights Reserved
Template Design by Prakash aryal Proudly powered by Blogger