Pages

Home » » नेपाली गजल : बगैचामा रँगि चङ्गी गुलाबको फूल थियो [ सर्जक : प्रकाश मगर बियोगी / सौडियार ]

नेपाली गजल : बगैचामा रँगि चङ्गी गुलाबको फूल थियो [ सर्जक : प्रकाश मगर बियोगी / सौडियार ]

बगैचामा रँगि चङ्गी गुलाबको फूल थियो।।
ति फूललाई चुम्न खोज्ने मेरै ठूलो भुल थियो।।

काँडा बिच फुल्न पर्दा कति पिडा भयो होला।
सहेर नै फुल्नु पर्ने उनि बिचको रुल थियो।।

बगैचामा बास्ना पाउंदा फिदा हुने गर्थे सधै।
अचानक बतास चल्यो फुल माथि धुल थियो।।

फूल माथि हात राखे धुलो हटाउनको लागी।
जहर बनि काटि दिने काँडाको मुल थियो।।

काँडा संग लडे अनि मेरै जित भयो पनि।
हातमा राखि हेर्न पाए मनै चुलबुल थियो।।

प्रकाश मगर बियोगी
सौडियार१दाङ घोराही
हाल न्यू दिल्लि भारत
Share this article :

No comments:

Post a Comment

 
Support : Copyright © 2011. chukuprakash | Nepali Lifestyle,Nepali literature,entertainment,Software - All Rights Reserved
Template Design by Prakash aryal Proudly powered by Blogger