Pages

Home » » नेपाली गजल : क्षणिक पलको खुसी झल्काएर टाढा भयौं [ सर्जक : " शितल बिष्ट "/ उदयपुर ]

नेपाली गजल : क्षणिक पलको खुसी झल्काएर टाढा भयौं [ सर्जक : " शितल बिष्ट "/ उदयपुर ]

" गजल "
क्षणिक पलको खुसी झल्काएर टाढा भयौं
एकान्तमा भेट हुन पल्काएर टाढा भयौं
कैले ओठको मुस्कान कैले कोमल स्पर्शले
दिल्मा चाहतको आगो सल्काएर टाढा भयौं
चढे पछि जवानीको नसा यो तन मनमा
लोलाउने त्यो वदन ढल्काएर टाढा भयौं
यो यौवनको रापमा छट्पटाउदा म प्यासले
लोभ लाग्दो तिम्रो बैश छल्काएर टाढा भयौं
" शितल बिष्ट "
उदयपुर / सोरुङ्ग
Share this article :

No comments:

Post a Comment

 
Support : Copyright © 2011. chukuprakash | Nepali Lifestyle,Nepali literature,entertainment,Software - All Rights Reserved
Template Design by Prakash aryal Proudly powered by Blogger