
टाढा छौ नजिक तिर सरौ अब परी
यो दुखी मनमा खुशी छरौ अब परी
हामीले माया लाएको धेरै भए छ
बिन्ती गर्छु छिट्टै बिहे गरौ अब परी
प्रमिला दाहाल परी
टाढाबाट राम्रो हुन्छ नजिक आउनु भन्दा
दुःखमा नि हाँस्नु पर्छ खुशी छाउनु भन्दा
किन हतार गर्नु हुन्छ ए मेरो बियोग जि
म त एक्लै खुशी छु साथ पाउनु भन्दा
पुरन बियोग
त्यो सोचेको सपना जलि सक्यो परी
बिश्वासको महल ढलि सक्यो परी
जसरी नि हामीले बिहे गर्नु पर्छ अब
गाँउमा हाम्रो चर्चा चलि सक्यो परी
प्रमिला दाहाल परी
एक कान दुई कान पार्ने गाँउलेको काम
पछुताउनु पर्ला घैटोमा लागे पछि घाम
तिमी नै अब आखिर राजी छौ भने
घरकी त कान्छी छोरी पकाई छैन माम
पुरन बियोग
राप्ती अनि त्रिशुली संगै हो तर्ने
भर छैन जिन्दगीको कहिले हो मर्ने
हामी संगका सबैले बिहे गरि सके
अब भन हामीले कहिले बिहे गर्ने
प्रमिला दाहाल परी
खहरे भै आयो भने तर्नै गाह्रो छ
जिन्दगीमा खुशीहरु छर्नै गाह्रो छ
अरु घोडा चढ्दा हामी मुढा चढ्नु हुन्न
मेरो त दुई चार बर्ष बिहे हुनै गाह्रो छ
पुरन बियोग
संगै जिउने बाचा कसम खायौ किन भन
साथी बनि मेरो छेऊमा आयौ किन भन
दुई चार बर्ष अझै बिहे न गर्ने भए
म संग चोखो माया लायौ किन भन
प्रमिला दाहाल परी
केहि पाउनको लागी कुर्नु पर्छ बियोग
बिहे गर्ने साईत जुर्नु पर्छ बियोग
कहाँ सजिलो हुन्छ र कसम खाएको जस्तो
सारा समाजको नियम पुर्नु पर्छ बियोग
पुरन बियोग
तिमीलाई लिन आउने मेरो काम भयो
बिहेको साईत जुराउने मेरो काम भयो
तिमी यत्ति भन कहिले बिहे गर्छेयौ
समाज लाई फकाउने मेरो काम भयो
प्रमिला दाहाल परी
मलाई लिन तिमी आउनु भन्दा पहिला
त्यो हातको शिन्दुर लाउनु भन्दा पहिला
भन्नु छ मैले अब केही कुरा तिमीलाई
सात चोटी घुमि कसम खुवाउनु भन्दा पहिला
पुरन बियोग
याद आउछ तिम्रो मलाई संधै घरि घरी
तिमी संगै रुझेको सम्झिए साउने झरी
सात चोटि घुमी घुमी भन्ने के कुरा हो
आजै मलाई भनि देउ न ए मेरी परी
प्रमिला दाहाल परी
साँची सारा दुनिँया डाक्नु पर्छ बियोग
तामा तुल्सी गीता अगि राख्नु पर्छ बियोग
हाम्रो माया कहिल्यै पनि न छुटोस भनि
हात जोडी भगवान संग भाग्नु पर्छ बियोग
पुरन बियोग
तिम्रो माया मन भरि देखाउने छु परी
संधै तिम्रै भरमा परि देखाउनेछु परी
हुन्छ दुंनिया सारा साँची राखेर अब
तिमी संग बिहे गरि देखाउनेछु परी
No comments:
Post a Comment