
हराएको छ हाम्रो नाम खोज्न जाऊ शिला
मैले पनि अब पढाई पुरा गरि सके
संग संगै मिली काम खोज्न जाऊ शिला
शिला कार्की
गरिबकी छोरी म पढ्या लेख्या छैन पुरन
अईले सम्म स्कुल कलेज देख्या छैन पुरन
के काम मिल्ला र खै नपढेका अनपढलाई
ठुलो जागिर खाने सपना देख्या छैन पुरन
पुरन बियोग
आफ्नो भाग्य आफैले लेख्नु पर्छ शिला
अन्याय र अत्याचार छेक्नु पर्छ शिला
हो यहाँ खोजे पछि जे पनि पाईन्छ
सफलताको शिखरमा टेक्नु पर्छ शिला
शिला कार्की
कंयौ चोटी कोसिस गरे आफ्नो भाग्य लेख्न
चाहेकी थे मैले पनि सगरमाथा टेक्न
धेरै खोजे सफलतामा पुग्न भनि मैले
सायद चाहेन कि दैबले नि मेरो खुशी देख्न
पुरन बियोग
फरक फरक यहाँ प्यार देख्न पाईन्छ शिला
फुल भनि पत्थरको उपहार देख्न पाईन्छ शिला
यो दैब भगवानको बिश्वास गर्नु हुन्न हामीले
आफै गरे पछि शुन्दर संसार देख्न पाईन्छ शिला
शिला कार्की
गरिबको लागी यहाँ कुनै प्यार हुन्न पुरन
उनका लागी साथी अनि यार हुन्न पुरन
दैबले नि दुखीलाई झनै दुख दिन्छ किन
फरक सोच सबको एउटै बिचार हुन्न पुरन
पुरन बियोग
पढ्न बाँकी पाठ हरु अब छिट्टै पढौ
दुबै मिली सफलताको शिखरमा चढौ
हो यहाँ गरिब भै जिउन मुस्किल छ
त्यसैले तिमी र म मिलेर अगाडी बढौ
शिला कार्की
असल साथी बनि तिमी साथ दिन्छौ भने
खोला तर्दा सहाराका हात दिन्छौ भने
जिन्दगीका पाठ हरु पढ्ने मन छ मलाई
यदि तिमले जुनेली त्यो रात दिन्छौ भने
पुरन बियोग
जुनि भरि तिमीलाई साथ दिने छु
एक्लै हुदा मिठा मिठा बात दिने छु
सजाएर राख्छु यो मुटूको छेऊमा
गोधुली अनि जुनेली रात दिने छु
शिला कार्की
साथ दियौ भने तिमले अगि बढ्न सक्छु
तिमी संगै जिन्दगीका पाठ पढ्न सक्छु
तिमी जस्तो असल साथी पाए भने मैले
दुःख अनि पिडा संगै हाँस्दै लड्न सक्छु
पुरन बियोग
मेरो मन मुटूमा आउने छेऊ शिला
माया प्रितीका गित गाउने छेऊ शिला
ढुक्क हुनु तिमी म छोडी जाने छैन
संधै अब मेरो साथ पाउने छेऊ शिला
शिला कार्की
तिमी जस्तो साथी पाए धेरै खुशी छु
सबै भन्दा जाती पाए धेरै खुशी छु
सुख दुःख मिली पार एकै साथ गरौ
देउता संगै फुल पाती पाए धेरै खुशी छु
पुरन बियोग
असल साथीको नाता टेकाउनु छ अब
ईतिहासको पानामा लेखाउनु छ अब
तिमी र म यसै गरि मेहनत गरेर
दुंनिया सामु केहि गरि देखाउनु छ अब —
No comments:
Post a Comment