Pages

Home » » नेपाली गज़ल : फुटाउन पहाड घन ठोक्ने म नै थिए !!

नेपाली गज़ल : फुटाउन पहाड घन ठोक्ने म नै थिए !!

गजल
फुटाउन पहाड घन ठोक्ने म नै थिए !!
ठुलाभारी यता उता बोक्ने म नै थिए !!
पुर्ब पश्चिम् फैलिएको प्यारो देस हाम्रो
मेची महाकाली सिमा तोक्ने म नै थिए !!
गुन्योचोली ढाका टोपी नेपालीको सान
गुन्द्रुक मकै भटमास टोक्ने म नै थिए !!
कल कल गर्दै बग्ने खोला नाला छाङा
प्यासीबनी गङ्गा जल धोक्ने म नै थिए !!
युग देखि युगौ सम्म सान राख्ने नेपाली
दुस्मन लाई परै देखि रोक्ने म नै थिए !!

थाहा नगरबासी दामन 
मकवानपुर
हाल काठमाडौं नेपाल
Share this article :

No comments:

Post a Comment

 
Support : Copyright © 2011. chukuprakash | Nepali Lifestyle,Nepali literature,entertainment,Software - All Rights Reserved
Template Design by Prakash aryal Proudly powered by Blogger