Pages

Home » » सालिक राम सत्यालका केहि नेपाली मुक्तकहरु

सालिक राम सत्यालका केहि नेपाली मुक्तकहरु

सालिक राम सत्याल
रामपुर ८ सल्यान कालिमाटि
हाल मलेसिया ,
मुक्तक १ 
केही गर्छु भोलि भन्दै गए दिनहरू

भर्छु म झोलि भन्दै गए दिनहरू
चलिअाएको चलन पूरा गर्न लाई
लिएर अाँउछु डोलि भन्दै गए दिनहरू

मुक्तक २ 
समन्ध अाफै जोडने हरू संग
बिचमा अाफै तोडने हरू संग
मेरो पनि छ है गुनासो मनमा
मौका मा हिरा फोडने हरू संग ।।

मुक्तक ३ 
याहाँ शक्ति दाँज्नेहरू को कुरै नगरौ
हाम्रो देश हाँक्नेहरू को कुरै नगरौ
भोज भतेर सुरा सुन्दरि हरू संग
मोज मस्तिमा बाँच्नेहरू को कुरै नगरौ ।।


मुक्तक ४ 
छोडनु हुन्न जन्मभुमि मास्नेहरू लाई
याहाँ अपवित्र समन्ध गांस्नेहरू लाई
दाजु भाइ लडाएर खेल्नु प्रर्छ खेल भन्दै
जातियताका नारा चर्काई हाँस्नेहरू लाई ।।


मुक्तक ५ 
समन्ध अाफै जोडने हरू संग
बिचमा अाफै तोडने हरू संग
मेरो पनि छ है गुनासो मनमा
मौका मा हिरा फोडने हरू संग ।।


मुक्तक ६ 
नेताहरू जति सुकै प्रचार गर
गर बर्बर स्वईच्छाचार गर
ए , नर भंक्षि काएर हरू हो
एक हुदैंछन् जनता बिचार गर ।।


मुक्तक ७ 
चौबन्दि चोलि म सजिएर बस्नु
लिन अाउछु भोलि म सजिएर बस्नु
लजालु त्यो स्वभाव मन्द मन्द मुस्कान
सुन्ने छु मधुर बोलि म सजिएर बस्नु


मुक्तक ८ 
लाग्दैन बिस्वास गुनासा हरू सँग
अपरिचित छन् नेता हाम्रा अासा हरू सँग
मेरै गोरु को बारै टक्का भने झै
सदन मा लडिरहेका ब्वासा हरू सँग ।।

मुक्तक  ९ 
न तिमी माहान बन्न सक्छौ्
न तिमी बिहान बन्न सक्छौ्
सधै सधै क्रन्तिकै राप अलापेर
तिमी अाफै चिहान बन्न सक्छौ् ।।


मुक्तक १० 
खोतलदै छौ तिम्रा करतुत लुकाउ नेताहरू
झुकेका छौ अझै शिर झुकाउ नेताहरू
हत्केलाले सुर्य छेक्ने प्रयास बेर्थ हुन्छ्
समय छदै बाधा अडचन फुकाउँ नेताहरू ।।


मुक्तक १० 
हामी निर्लज्ज लोकतन्त्रको ताज हेरि रहेछौ
घुसखोरि अत्याचारिको राज हेरिरहे छौ
प्रभातको उज्यालो प्रकाशलाई छेक्दै
हाम्रै शिरमा घुमिरहेका बाँज हेरिरहे छौ ।।


मुक्तक ११ 
कति हिउद कति वर्षा काटे त्रिपाल हरू सँग
उर्लिने कर्णाली भेरि का छाल हरू सँग
जिन्दगि फुलाउने संकल्प मा लागेर
दसक बिते बन्दुकका नालहरू सँग ।।


सालिक राम सत्याल

रामपुर ८ सल्यान कालिमाटि
हाल मलेसिया ,
Share this article :

No comments:

Post a Comment

 
Support : Copyright © 2011. chukuprakash | Nepali Lifestyle,Nepali literature,entertainment,Software - All Rights Reserved
Template Design by Prakash aryal Proudly powered by Blogger