Pages

Home » » राजेश पाठक प्याशी आत्माको ३ मुक्तकहरु [ गजुरी ५ धादिङ नेपाल ]

राजेश पाठक प्याशी आत्माको ३ मुक्तकहरु [ गजुरी ५ धादिङ नेपाल ]

मुक्तक  - १ 
ध्यानाकर्षण नगरेर सिकाएन भन्नू गल्ती
जो जानेको बाटोघाटो देखाएन भन्नू गल्ती
परिक्षाको समयमा पछि हट्ने विद्यार्थीले
मास्टरलाई दोषी ठानी पढाएन भन्नू गल्ती
मुक्तक  - २ 
प्रयास गर्ने हो भने त टाढा थे'न बिधालय
साथीलाई दिनुभयो , गुरुजीको परिचय
मध्य दिनमा भ्रम हुन्न , यति जान्ने हजुरले
जानीजानी गर्नुहुन्छ , निदाएको अभिनय !!

मुक्तक  - ३  
ज्ञान सकिन्न सिकाएर थाहा छ हजुर सबैलाई
अमृत पनि कहिलेकाही बिख लाग्छ कसैलाई
साहित्यको यात्रा गर्दा देखेकै हो यो घटना
गल्ती भनी औंल्याएर देखाउँछन् भलैलाइ !!

राजेश पाठक प्याशी आत्मा
गजुरी ५ धादिङ नेपाल
हाल साउदी अरेबिया
Share this article :

No comments:

Post a Comment

 
Support : Copyright © 2011. chukuprakash | Nepali Lifestyle,Nepali literature,entertainment,Software - All Rights Reserved
Template Design by Prakash aryal Proudly powered by Blogger