गजल १
कसरी हासु मनभित्र आगो बलेको बेलामा!!
मलाई आफ्नै भाग्यले पनि छलेको बेलामा !!
ओरालो लागे मृगलाइ यहाँ बाच्छाले खेद्छ
खाक भएर सपना सारा जलेको बेलामा !!
न खान मनछ न लाउन मनछ के भयो खै
भएर लुलो जिन्दगी पुरै गलेको बेलामा !!
सग्लो आसामा मेहनत पनि गर्न्नु गरियो
गाठा र गुठी ऐँजेरु बनी फलेको बेलामा !!
रिंगटा लाग्छ भाउन्न हुन्छ देखिन्न अँखा
पुगेर बाच्न जिन्दगी भुइँमा ढलेको बेलामा !!
गजल २
चुहिएको छ पाली भत्केको छ घरबार!!
नत सुन्छ्न् गाउँले नत सुन्छ सरकार !!
गरिबिको पहाड ले थिच्नु सम्म थिचेको छ
अझै लगाउछ्न् घाटिमा महँगिको तरबार !!
हुने लाई थपेर नहुनेको लुट्न खोज्छ्न
पाको छैन मैले जीवन जिउनुको आधार !!
मोलमोलाइ तनको खोज्छन् आत्मा पनि
मरेर पल पल बाच्नुको के हुन्थ्यो सार!!
नदिको किनारा झै नभेटिने भो जिन्दगी
नत भेट भयो न लागाउन सकियो पार!!
गजल ३
समान बगैचा फुल बनाउछ रे उ!!
हातेमालो गर्ने हुल बनाउछ रे उ !!
असान्ती हिम्सा मन पराएन उस्ले
सान्ती लेखिएको तुल बनाउछ रे उ !!
इन्जिनियर खोजिदिनु भन्दै थियो
मुटु मुटु जोड्ने पुल बनाउछ रे उ !!
भाइचारा बन्दु भाब दिगो बनाउन
एउटै जाती धर्म कुल बनाउछ रे उ !!
पुरै नेपाल हराभरा बनाउन लाई
खारेर पहाड मुल बनाउछ रे उ !!
गजल ४
पंखा खोलाको डुङ्गा मा भेटिन्न!
देशभक्ती ट्यापे बुङ्गा मा भेटिन्न!!
यहाँ भगवान चाहिए आफन्त हेर्नू
बिना आत्माको ढुङ्गा मा भेटिन्न!!
सुरिलो भाका सुन्नलाइ आयौ तिमी
बासुरी खोज मुर्चुङ्गा मा भेटिन्न !!
जति लगाउ तिमी बिदेसी पहिरन
बुलाकी जस्तो मुङ्गा मा भेटिन्न!!
पंखा खोलाको डुङ्गा मा भेटिन्न!
देशभक्ती ट्यापे बुङ्गा मा भेटिन्न!!
सुरेश कार्की निसद
थाहा नगरबासी दामन मकवानपुर
हाल काठमाडौं नेपाल
सुरेश कार्की निसदका केहि गजल हरु [ थाहा नगरबासी दामन मकवानपुर ]
Posted by
Prakash blog store
यो पनि हेर्नुहोस् [See this one also]
Labels:
गजल
Please follow me at my Personal facebook ID.
Follow us at our Facebook page.
Follow Me at chukuprakash's twitter account.
Follow @chukuprakash
No comments:
Post a Comment