Pages

Home » » नेपाली गजल : न विष पिलायौ न मुक्ति दिलायौ [ सर्जक : मानन्धर अभागी ]

नेपाली गजल : न विष पिलायौ न मुक्ति दिलायौ [ सर्जक : मानन्धर अभागी ]

गजल
न विष पिलायौ न मुक्ति दिलायौ
मलाई रुवाइ दुनिँया हँसायौ

फकायौ फूलायौ त्यो दिन तिमीले
कसम खाएर यो हात समायौ

ग्रहण लागेको तिम्रो त्यो विचार
म जस्तो कतिको जिन्दगी डढायौ

छाती पोल्छ आज सम्झिँदा तिम्लाई
विगार्नु विगारी पागल बनायौ

न विष पिलायौ न मुक्ती दिलायौ
मलाई रुवाइ दुनिँया हँसायौ ।

~ © मानन्धर अभागी ।
Share this article :

No comments:

Post a Comment

 
Support : Copyright © 2011. chukuprakash | Nepali Lifestyle,Nepali literature,entertainment,Software - All Rights Reserved
Template Design by Prakash aryal Proudly powered by Blogger