Pages

Home » » प्रकाश मगर बियोगी र फुच्ची निराश बिच मुक्तक दोहोरी केही सवाल जवाफ

प्रकाश मगर बियोगी र फुच्ची निराश बिच मुक्तक दोहोरी केही सवाल जवाफ

१)
प्रकाश मगर बियोगी
मलाई कुरी बस्नु तिमी म छिटै आँउने छु,,
चोखो माया पिरती तिमी संग लगाँउने छु,,
मेरो हृदयमा तिम्लाई सझाई राखेको छु,
भगवानलाई प्रथना गरी तिम्लाई पाँउने छु,,
१)
फुच्ची निराश
कुरि बसे तिमी संग चोखो माया लगाउन लाई।।
रुखो भोको हाम्रो पेट वाडिचुडि अघाउन लाई।।
जुराए है हाम्रो साथ भगवानले नि माथी बाट।
आँसु,अनि दुखलाइ हामी बाट भगाउन लाई।।
२)

प्रकाश मगर बियोगी
तिमी बिना एक्लो पनमा आँसु हरु बगाई दिएँ,,
सुक्दै थिए यि नयन हरु पानि दिई जगाई दिएँ,,
अारति गर्थे तिम्लाई मागी सुँन्दै रैछन् भगवान,
धेरै आँउथे मेरो हृदय चोर्न सबैलाई भगाई दिएँ,,
२)
फुच्ची निराश
तिम्रै बिश्वास अनि भर मा परि सक्छुे म।।
तिम्रो माया नपाउदा मरि सक्छु सके म।।
तिम्रै लागि बसेकी छु दिया बात्ती बालि।
तिम्रो रानि बन्नी अठोट गरि सके म।।
३)
प्रकाश मगर बियोगी
तिमी संग जिवन काट्ने मेरो पनि मन थियो,,
हाम्रो पिरति सम्बन्ध हेरी रहने गगन थियो,,
पुरा हुने भो अब हामि दुबैको चाहाना प्रिय,
तिम्ले सोचेको भन्दा धेरै मेरो यहाँ मन थियो,,
३)
फुच्ची निराश
सगै बसी हाँसी खुँसी नै बाचौलानी हामी।।
मायाँको त्यो अटुट नाता गासौलानी हामी।।
बसि सकेउ तिमी पनि धद्कन भित्र मेरो।
खुँसी संग मिठो गीतमा नाचौलानी हामी।।
४)
प्रकाश मगर बियोगी
अबस्य पनि खुँसीमा नाँच्ने छौं प्रिया,,
अतित हटाएर हामी हाँस्ने छौं प्रिया,,
सुँख दुखमा सहारा बनी दुबैकोलागी,
हरपल साथमा जुडेर बाच्ने छौं प्रिया,,
४)
फुच्ची निराश
यहाँ तिम्रै साथ पाएर बाचेकी छुँ म।।
हो तिम्ले गित गायौ र नाचेकी छुँ म।।
यति माया दियौ तिम्ले मलाई प्यारा।
तिम्रै मुहारहरु सम्झेर हासेकी छु म।।
५)
प्रकाश मगर बियोगी
छिमेकीले गर्ने दाँहा जोडि बन्ने छ,,
दृश्त्यले भन्ने आँहा जोडि बन्ने छ,,
बाचौला एक अार्कालाई माया गरी,
ढुङ्गोले भन्ने काँहा जोडि बन्ने छ,.
५)
फुच्ची निराश
जनम जनम हाम्रो नाता भईरहने छ।।
तिमी साथमा मेरो सास भइरहने छ।।
धोका अनि झुठ को खेती अन्त्य गर्नु।
अनि हाम्रो जीवन अगि गइरहने छ।।
६)
प्रकाश मगर बियोगी
म काम गरुला तिमी भात पकाँउली,,
खालि समयमा काम पनि सगाँउली,,
मायामा बाधिएर यो चोखो बंन्धन ,
कुनै दिन रिसाएमा ठट्टा गरी हसाँउली,,
६)
फुच्ची निराश
खाना पनि मै पकाउछु बस्नु मेरै मुहार हेरि।।
दुख सुख गरेर नै लगाउला लुगा फेरि।।
हासो खुसी सबै तिम्रै भाग्मा आओस भनी,,
मागेकिछु बर्दान मैल भगवान लाई अघि हेरि।।
७)
प्रकाश मगर बियोगी
मुहार हेरेर मात्र यहाँ गुजारा चल्दैन सानु,,
दाँउरो नजोडी कहिले आगो बल्दैन सानु,,
त्यसैले यहाँ दुबै को साथ र हात हुनुपर्छ ,
ढुङ्गो पकाँउदा कहिले पिगल्दैन सानु,,
७)
फुच्ची निराश
अघि बद्छु भन तिमि सधै साथ दिन्छु म।।
दुख आफू लिएर तिम्लाइ सुख किनछु म।।
बाचा कसम तोडेउ भने मत रुन्छु धर्धरी ।
तिम्रै दिलको कुना भित्र पट्टि डेरा लिन्छु म।।
८)
प्रकाश मगर बियोगी
संगै जिँउने बाचा छ साथ दिनु पर्छ,,
अप्थारो र उकालिमा हात दिनु पर्छ,,
माया भनेकै यही हो जिवन साथिमा,
हसिलो अनि कुसिलो बात दिनु पर्छ,,
८)
फुच्ची निराश
माया मेरो हिमाल झै अतल हुनेछ।।
बैरी हरु हाम्रो माया देखि रुनेछ।।
उकाली र ओराली मा सगै हिदौला।
भबिस्य मा राम्रो गर्नी सपना बुनेछ।।

प्रकाश मगर बियोगी
सौडियार १ दाङ घोराही
हाल न्यू दिल्लि भारत

फुच्ची निराश
पोखरा नेपाल
हाल पोखरा
Share this article :

No comments:

Post a Comment

 
Support : Copyright © 2011. chukuprakash | Nepali Lifestyle,Nepali literature,entertainment,Software - All Rights Reserved
Template Design by Prakash aryal Proudly powered by Blogger