Pages

Home » » नेपाली कविता : देशे सर्वत्र माफिया [ सर्जक : बद्रि प्रसाद दाहाल / धादिङ ]

नेपाली कविता : देशे सर्वत्र माफिया [ सर्जक : बद्रि प्रसाद दाहाल / धादिङ ]

देशे सर्वत्र माफिया ?
 बद्रि प्रसाद दाहाल / धादिङ
पानी वा बिजुली भिसा सुन तथा , शिक्षा र दीक्षा सबै ।
नाना इन्धन ग्यास चामल तथा , ठेक्का र पट्टा अझै ।।
यातायात अकास वा अवनिको ,सम्राट नै माफिया ।
हेरुम् गौर गरेर सज्जन सबै , सर्वत्र यो माफिया ।। १।। 

हेरुम् सम्सद कार्यपालक जहाँ , जूरे सबै माफिया ।
हेरुम् मेडिकलै र हस्पिटलमा , बग्रेल छन् माफिया ।।
सर्कारी सब अङ्ग अङ्गभर नै , झर्का दलाली किरा ।
जो छन् गैर — निकाय शोसक कडा , हैजासरीका झिगा ।। २।।

माफीया दलका दलाल हुन गै , सिध्दान्त गर्ल्याम्म
भो ।
मात्रै तस्करले दलै निलिदिदा , आदर्श देहान्त भो ।।
हेरुम् है सब क्षेत्र देसभरका , चुस्दैछ त्यो माफिया ।
निस्के ब्रोकर घोर जोकर यिनै , नेपाल पार्छन् छिया ।। ३।।

यै अन्न्याय बुझेर डक्टर उठे , सत्याग्रही हातमा ।
हे गोविन्द ? सलाम गर्छ जनता , देशै पर्‍यो रातमा ।।
आउ हे जनता लडुम् दमनको , सिक्री चुडालुम् अब ।
हामी एक हुँदा दलाल चुसुवा ,ढल्छन् लुटेरा सब ।। ४।।

 बद्रि प्रसाद दाहाल / धादिङ
Share this article :

No comments:

Post a Comment

 
Support : Copyright © 2011. chukuprakash | Nepali Lifestyle,Nepali literature,entertainment,Software - All Rights Reserved
Template Design by Prakash aryal Proudly powered by Blogger