Pages

Home » » छवि श्रेष्ठ का केहि नेपाली गजलहरु

छवि श्रेष्ठ का केहि नेपाली गजलहरु

छवि श्रेष्ठ
गजल(२०७१/११/२३)
जहाँ तिमि त्यही पुग्ने आदत छैन मेरो।
दुनियाँलाई लागेजस्तो लत छैन मेरो।।

बहन्थेँ म नशा नशा, हुँदै शरीरभरि
कुनै रक्तकोष सित सङ्गत छैन मेरो।।

जे जे बोल्छौ सबै सहि अहँ हुँदै हैन
राष्ट्रघातमा कदापी यो मत छैन मेरो।।

मेरो काखमा मेरो देश छ, माफ गर प्यारी
तिम्रै प्यारमा लुट्पुटिने छत छैन मेरो।।

कसोगरी चिन्छेउ कठै! तस्बिर हेरेर त
चिन्ने आधार कहिँ कतै खत छैन मेरो।।

आस्था, निष्ठा , सत्यतानै धर्म यो 'छवि'को
कुनै बाइबल कुनै कुरान, भागवत छैन मेरो।।


गजल(२०७१/१२/०३)
म बाच्दिँन अब मर्छु, अन्योल छ आजभोली।
खोइ कुन्नी कसो गर्छु, अन्योल छ आजभोली।।

कोहि आई चुडिँ लगि, रोपि उस्को दिलभित्र
सिचाइ गरे पक्कै सर्छु, अन्योल छ आजभोली।।

जङ्घार तर्न खोज्दैछु म, बटुलेर आटँ सारा
डुब्छुकी म पार तर्छु, अन्योल छ आजभोली।।

तिमि भाकै ठाउँमा आउँछु, हात दिई तानेउ भने
नत्र फूल्नै नपाई झर्छु, अन्योल छ आजभोली।।

आजै मेरी, भोली मेरी, कस्सम तिमि मेरी तर
भन्दिन म सिउँदो भर्छु, अन्योल छ आजभोली।।

------छवि श्रेष्ठ --------
Share this article :

No comments:

Post a Comment

 
Support : Copyright © 2011. chukuprakash | Nepali Lifestyle,Nepali literature,entertainment,Software - All Rights Reserved
Template Design by Prakash aryal Proudly powered by Blogger