आज पनि भुकम्पले सिन्धुलाई हानी गर्या छ।
प्रकृतिको सिन्धुलाई दु:ख दिने बानी पर्या छ।।
रहेन बिश्व प्रसिद्ध बन्जी जम्प अब सिन्धुमा,
रिसाई भोटेकोसीले पनि ठुलो आँखा तर्या छ।।
तातोपानी- खासाको ब्यापार बन्द भयो सिन्धुमा,
मित्र देशको सम्बन्ध अलि पर पर सर्या छ।।
लाङटाङ क्षेत्र बस्न लायक रहेन सिन्धुमा,
बारम्बार आ"को भुकम्पले सबैको मन डर्या छ।।
बाकी नराखी लग्यो सबै गाउँ बस्ती सिन्धुमा
हजारौंको संख्यामा निर्दोष मानिस मर्या छ।।
बाढी भुकम्प पीडित बर्सेनि भै रहे सिन्धुमा,
धेरै - धेरै आँसु भल सिन्धुवासिकै झर्या छ।।
राहत त्रिपाक खै कहाँ खाद्यान्न पुगेन सिन्धुमा,
के थाहा पीडितका भोको पेट क्यारी भर्या छ।।
हेलम्बु देखि इन्द्रावती श्मशान भयो सिन्धुमा,
प्राकृतिक सास्कृतिक सम्पदा भुकम्पैले हर्या छ।।
राजेन्द्र अर्याल (कलङ्कृत ऋतु)
मेलम्ची २ सिन्धुपाल्चोक
हाल :- अरबमा
Home »
» हजारौंको संख्यामा निर्दोष मानिस मर्या छ
हजारौंको संख्यामा निर्दोष मानिस मर्या छ
Posted by
Prakash blog store
यो पनि हेर्नुहोस् [See this one also]
No comments:
Post a Comment