Pages

Home » » कठै मेरो देश ! लुटे यहाँ सबैले लुटे [ कविता ] -पृथक

कठै मेरो देश ! लुटे यहाँ सबैले लुटे [ कविता ] -पृथक

कठै मेरो देश !
लुटे यहाँ सबैले लुटे,
अनेका अनेकले लुटे।
सुनको सिक्काको पैसा
चलाउने मेरो देश,
चुसी चुसी लुटे ।
लुट्नेले लुटे यहाँ,
लुटाउनेले लुटाए,
खै के के भो ?
राजाले लुटे,
राणाले लुटे ।
पन्चेले लुटे यहाँ,
माले-काँग्रेसले लुटे।
माओवादीको त कुरै के?
चुटी-चुटी लुटे ।
कठै मेरो देश,
हाम्रो महान इतिहास
जसको हामी गर्व गर्थ्यौं,
त्यो पनि नियति भनौं या
प्रकृति,
बेशरम उसले लुट्यो ।
कठै मेरो देश ।

-पृथक
Share this article :

No comments:

Post a Comment

 
Support : Copyright © 2011. chukuprakash | Nepali Lifestyle,Nepali literature,entertainment,Software - All Rights Reserved
Template Design by Prakash aryal Proudly powered by Blogger