Pages

Home » » नेपाली गजल : सहनुको पनि एउटा हद हुन्छ महाशाय [ धर्मेन्द्र तिम्सिना "क्षितिज" ]

नेपाली गजल : सहनुको पनि एउटा हद हुन्छ महाशाय [ धर्मेन्द्र तिम्सिना "क्षितिज" ]

गजल ( May/20/15 )

सहनुको पनि एउटा हद हुन्छ महाशाय
काम अनुसारको यहाँ पद हुन्छ महाशाय

पेटका लागि दिनरात काम गर्ने गरेकाले
तिम्रो झैं कहाँ फुर्सद हुन्छ महाशाय



हाउभाउ हेरेर किन खिसी गर्ने गर्छौ
त्यो उसको लागेको आदद हुन्छ महाशाय

माटोका लागि राम्रो गर अनि देशैभरी
तिम्रै सालिकको पुर्ण कद हुन्छ महाशाय

जब गरिबको पेट भरिन्छ अनि खुशीले
"क्षितिज"त्यो बेला गदगद हुन्छ महाशाय

धर्मेन्द्र तिम्सिना "क्षितिज"
अमेरिका
Share this article :

No comments:

Post a Comment

 
Support : Copyright © 2011. chukuprakash | Nepali Lifestyle,Nepali literature,entertainment,Software - All Rights Reserved
Template Design by Prakash aryal Proudly powered by Blogger