Pages

Home » » नेपाली कविता : भुइचालो आइरहन्छ [ नविन रिजाल ]

नेपाली कविता : भुइचालो आइरहन्छ [ नविन रिजाल ]

कविता
यो भुइचालो नि किन छिन छिनमा आइरहन्छ ।
अतित त अतित भो फेरी किन आज सताइरहन्छ ।
छटपटीमा नै मर्छु होला झै भो छाति मेरो पोलीरहेछ ।
पागल भै सके म मन मेरो आफै आफै बोलीरहेछ ।

दैबले नि धेरै निश्टुरी भै कति कतिको खुशी लुटेर गयो ।
कतिका थिए सपनाका महलहरु बिहानी भयो छुटेर गयो ।
भुइचालो ले नि फेरी जान्न भनि हामी सबैलाई ढाटेर गयो ।
भत्किए कति घरहरु पुरिए कति के-के जमिननि फाटेर गयो।



कतिका थिए होला कस्तो कस्तो बन्ने के के गर्ने रहरहरु ।
अब त सखाब भयो रे हाम्रो देशका चर्चित ठुला सहरहरु ।
कहाँ सहरमा मात्र गाहो र भुइचालो गयो रे गाउँ गाउँमा ।
भनेर साध्य नहुने क्षति भयो रे देशको ठाउँ ठाउँमा ।

गरिब भनि हेला गरे सहन्थे बरु किन परदेशी हुन्थे म ।
बरु मरे नि आफ्नै देशमा मर्थे किन परदेशमा रुन्थे म ।
सजिलै थियो बाटो किन हो हिड्दा हिड्दै मोडेर गए ।
आफैले माया गर्ने मान्छे अनि देश बाध्यताले छोडेर गए ।

जुन फूल राम्रो त्यसैको बोटमा काँडा धेरै हुने रहेछ ।
आफू जति टाढा भएनि सम्झिएर मन सँधै रुने रहेछ ।
खुट्टा भैँईमा ठोकाएर आफ्नै ज्यान लडाएछु मैले ।
पिरै पिरमा बाँचेको थिए त्यहि माथि पिर बडाएछु मैले ।

जति चोट परेपनि बाध्यताले जिउनु पर्ने रैछ यहाँ ।
मन जति च्यातिएनि बाध्यताले सिउनु पर्ने रैछ यहाँ ।
जे गरे नि आफ्नो आँशु बाध्यताले पिउनु पर्ने रैछ यहाँ ।
थाहै नपाई जाने शाश नगए बाध्यताले जिउनु पर्ने रैछ यहाँ ।

नबिन रिजाल 
खोटाङ नेर्पा ६ रिजाल गाउँ 
Share this article :

No comments:

Post a Comment

 
Support : Copyright © 2011. chukuprakash | Nepali Lifestyle,Nepali literature,entertainment,Software - All Rights Reserved
Template Design by Prakash aryal Proudly powered by Blogger