Pages

Home » » नेपाली गजल : चर्कायो सबै घर र बारी नेपाल रुदैछ [ वियोग अनुरागी (उपेन्द्र हायु) ]

नेपाली गजल : चर्कायो सबै घर र बारी नेपाल रुदैछ [ वियोग अनुरागी (उपेन्द्र हायु) ]

गजल
मनैमा बोकी पीडाको भारी नेपाल रुदैछ ।।
चर्कायो सबै घर र बारी नेपाल रुदैछ ।।

भत्काई लग्यो भएको जति प्रकृति बैरी भो
बाँचेका बाकी जिउदै मारी नेपाल रुदैछ ।।

गर्न के सक्थ्यौ यहाँ दैवको लीलालाई
धरर आशुँ गहमा झारी नेपाल रुदैछ ।।

बिगार्यौ सबै प्राचिन चिनो के गर्यौ थाछैन
कसरि सहुँ सर्वश्व हारी नेपाल रुदैछ ।।

दिएकै थियौ तन र मन पुगेन तिमीलाई
रिसाई आज लगायौ आरी नेपाल रुदैछ ।।

बनाऊ फेरी स्तम्भ नयाँ जोगाऊ नेपाल
लागौ है आजै नर र नारी नेपाल रुदैछ ।।

वियोग अनुरागी (उपेन्द्र हायु)
सुकाजोर-४ मुगान ,रामेछाप
हाल :अलखोर,कतार
Share this article :

No comments:

Post a Comment

 
Support : Copyright © 2011. chukuprakash | Nepali Lifestyle,Nepali literature,entertainment,Software - All Rights Reserved
Template Design by Prakash aryal Proudly powered by Blogger