Pages

Home » » एकल यात्री नानू मगर र सुरज बिबश बिचको मुक्तक दोहोरी

एकल यात्री नानू मगर र सुरज बिबश बिचको मुक्तक दोहोरी

एकल यात्री नानू मगर र  सुरज बिबश बिचको मुक्तक दोहोरी

नानु..........................
मेरो मनको साथी होला भनेर।
म रुदा हजुरको मन रोला भनेर।
मैले साथी बनाउन खोजेको हुँ |
सगै तरौं पिरतिको खोला भनेर।

सुरज...........................
संगै तर्ने मन भए आउनु यता तिरै !!
किरण भनी दिनको छाउनु यता तिरै !!
आनि पो मिठो साथ पाइन्छ है नानू  !!
कुरा गरेर माया जमाउनु यता तिरै !!

नानु..........................
टाढाको माया गाढा हुन्छ सुरज।
सगै भयो भने बाधा हुन्छ सुरज।
जति टाढा भए पनि माया दिने छु।
तिमी बिना जीवन साधा हुन्छ सुरज।


सुरज...........................
यति चाडै यस्तो कसरी भयो नानू !!
टाडा हुदा केबल सम्झना रह्यो नानू !!
आधा मत्रै हुने भयो पूरा कैले हुने हो !!
बुझ भेटै न'भै जीवन खेर गयो नानु😝

नानु..........................
गा'को छैन त्यो जीवन खेर अझै पनि।
धेरै कुरा गर्नु छ मैले हेर अझै पनि।
प्रतिक्षयाको फल मीठो हुन्छ धैर्य गर्नु।
बिस्वास गर  मन नफेर अझै पनि

सुरज...........................
प्रतीक्षयामा बस्दा बस्दै जाने हो कि कतै !!
पराइ आइ डोलि चडाइ लाने हो कि कतै !!
गा'को छैन भन्दा भन्दै भरमा राखी मलाइ !!
अग्नि साक्षी राखी कसम खाने हो कि कतै !!

नानु..........................
मायाको बाचा कसम त हजुर सँग खाने छु।
मेरो मनको राजा अब हजुरलाई नै ठान्ने छु।
छैन मन पराईको डोलि चढि जाने मालाई।
जति उत्तर चडाव परे नी हजुर सँगै जाने छु।

सुरज...........................
तेसो भन्छौ भने आउन भट्ने दिन जुराउन त !!
अझै भोलि भोलि भन्दै बिन्ती नकुराउन त !!
उसै संग जान्छु उ त प्रण हो मेरो भनी तिमिले !!
बाबा आमा सामु यो हाम्रो कुरालाइ पुराउन त !!

नानु..........................
राख्दिन म धेरै अब हजुरलाई कुराएर।
आउने छु अवास्य शुभ दिन जुराएर।
चिन्ता नगरि ढुक्क भई बस्नु है त हजुर।
फर्कि आउनेछु बाबा लाई खवर पुराएर

सुरज...........................
खबर पुर्याई छिटै आउनु पर्खी बस्छु म !!
अरु आए  माया लाउदिन तर्की बस्छु म !!
तिम्रै लागि सधै सधै चोखो माया साच्दै !!
अरु संग त बिना सित्ति  झर्की बस्छु म !!

सहभागी परिचय : 
नाम : सुरज गैह्रे बिबश
ठेगना : स्यङ्जा वालिङ थुमपोखरा 3 पिपलछाप फुलबारी
हाल : यु ए इ

नाम : नानू मगर
ठेगाना : किचनास ८ स्याङजा
हाल :  कुबेत

धन्यवाद !!

Contact Us For Muktak Dohori :   Click here


Share this article :

No comments:

Post a Comment

 
Support : Copyright © 2011. chukuprakash | Nepali Lifestyle,Nepali literature,entertainment,Software - All Rights Reserved
Template Design by Prakash aryal Proudly powered by Blogger