Pages

Home » » नेपाली गजल : पानीको घुट्को नपाई मरे कति कति [ सर्जक : रेखा पन्त ]

नेपाली गजल : पानीको घुट्को नपाई मरे कति कति [ सर्जक : रेखा पन्त ]

गजल

पानीको घुट्को नपाई मरे कति कति
रामका भजन नगाई मरे कति कति

विदेशको छोरा आउला संगै खाउला भनी
एकै छाक मिठो नखाई मरे कति कति


आफ्नै घरको छानो बज्र पर्यो टाउको माथि
ज्यान बचाउन कोहि नआई मरे कति कति

मुटु खान्छ धरहरामा मर्ने जोडी देख्दा
यस्तै जोडी मर्न नचाही मरे कति कति


रेखा पन्त
 गोर्खा
 हाल इजरायल
Share this article :

No comments:

Post a Comment

 
Support : Copyright © 2011. chukuprakash | Nepali Lifestyle,Nepali literature,entertainment,Software - All Rights Reserved
Template Design by Prakash aryal Proudly powered by Blogger