Pages

Home » » नेपाली गजल : मन परेको छ,तिम्रो चाल चलन सानी हेर [ सर्जक : उहि एकल कान्छा ]

नेपाली गजल : मन परेको छ,तिम्रो चाल चलन सानी हेर [ सर्जक : उहि एकल कान्छा ]

गजल

मन परेको छ,तिम्रो चाल चलन सानी हेर ।
सर्माउँदै हिड्ने लजाउँदै बोल्ने ति बानी हेर ।

मृग नयन आँखा,भमरा झुल्ने केश त्यसै माथी
मिलेका दन्त लहर,देखिन्छौ रुपको खानी हेर ।



कति जानेकी कति मन लाएको उनेकी थियौ
लह लाउँदा फुलको माला साना ठुला छानी हेर ।

नजिकै शिब मन्दिर दिनहुँ पुजा पाठ चलेछ
त्यहि मन्दिर जाँदा फुल टिपेकी हाँगा तानी हेर ।

बेला बैसलाई समाल्नु ईज्जत चुके फर्कदैन
आज भोली देख्छु कता कती चन्चले नानी हेर ।

उहि एकल कान्छा
राप्ती अंञ्चल दाङ
चौगेरा हाल यू ए ई
Share this article :

No comments:

Post a Comment

 
Support : Copyright © 2011. chukuprakash | Nepali Lifestyle,Nepali literature,entertainment,Software - All Rights Reserved
Template Design by Prakash aryal Proudly powered by Blogger