Pages

Home » , » मुक्तक दोहोरी : बैदेशिक रोजगारमा गएका श्रीमान र घरमा रहेकी श्रीमतीको भूमिकामा - ऋतु प्रियशि र प्रकाश मगर बियोगी

मुक्तक दोहोरी : बैदेशिक रोजगारमा गएका श्रीमान र घरमा रहेकी श्रीमतीको भूमिकामा - ऋतु प्रियशि र प्रकाश मगर बियोगी

मुक्तक दोहोरी 




सहभागी : 

ऋतु प्रियशि - लम्कि कैलालि नेपाल
प्रकाश मगर बियोगी - सौडियार १ दाङ घोराही





ऋतु प्रियशि
मेरो सिन्दुर चुराको ख्याल राखे प्यारा ।।
दाँया बायाँ कुराको ख्याल राखे प्यारा।।
सधै बाबा आमाले भनि रहनु हुन्छ मलाई।
आफन्त अनि भुराको ख्याल राखे प्यारा ।।


प्रकाश मगर बियोगी
धिप धिप बत्ति निभ्दैे र जल्दै गर्छ।।
हामि बिचको संबन्ध त चल्दै गर्छ।।
हाम्रो ब्याहार हरु ख्याल राखेकोछु।
तर नयनका आँसुहरु पिगल्दै गर्छ।।




ऋतु प्रियशि
मैले पुज्ने त्यो भगवानको सुर बदलेझै।।
किन लागेको छ मेरो सिन्दुर बदलेझै।।
खै किन किन प्यारा लाग्दैन त बाढुल्की
लाग्छ आज भोली मेरो हजुर बदलेझै।।

प्राकाश मगर बियोगी
मैले मन बदलेको छैन तन बदलेको छैन।।
हरपल सम्झी राख्छु गगन बदलेको छैन।।
बाढुल्की को भर परी बिस्वास नगर मलाई।
माया अझै बढेको छ पवन बदलेको छैन।।

ऋतु प्रियशि
कस्तो होला हजुरको काम प्रदेशमा।।
बिन्ति गर्छु नसराप्नु मेरो नाम प्रदेशमा।।
भोग भोगकै निदाउछु म कहिले काँही
कति तड्पेको हौला मेरो राम प्रदेशमा।।

प्रकाश मगर बियोगी
सुख दुःख टार्नु पर्छ प्रदेशमा भए पनी।।
धमिलो अनुहार त्यो केसमा भए पनी।।
बाध्यताले परदेशीनु पर्दो रहेछ प्रियसी।
मेहनत गर्छु जोगीको भेषमा भए पनी।।

ऋतु प्रियशि
त्यो  परदेश छोड्ने दिन कहिले आउछ प्यारा।।
उन्को बचन तोड्ने दिन कहिले आउछ प्यार।।
दुःख सुख बाडेर एउटै बिछ्यानामा हामी बस्ने।
अंङ्गालोमा मोड्ने दिन कहिले आउछ प्यारा।।

प्रकाश मगर बियोगी
आउछ प्रिया त्यो दिन धैर्य  गर तिमी।।
संघर्समा तिर्दैछु ऋृण धैर्य गर तिमी।।
बाँधिउला हामी  अंगालोमा बेरिएर प्रिया
बाँकी छ महिना तिन धैर्य गर तिमी।।

ऋतु प्रियशि
आँखा भरी आँसु पानी हुन्छ तिम्रो यादमा।।
तस्विर छुँदै भाग्यमानी हुन्छ तिम्रो यादमा।।
सम्हाल्लिन सक्दिन जब आफुलाई कताकता।
यो अँङ्गालोमा सिरानी हुन्छ तिम्रो यादमा।।

प्रकाश मगर बियोगी
समय निकै नजिकै छ पर्खि बस प्यारी।।
मलाई सम्झी केही दिन सर्कि बस प्यारी।।
सिरानीमा मेरो याद मिसाएर राख तिम्ले।
नयनका ति आँसु पुछी फर्कि बस प्यारी।।

ऋतु प्रियशि
आफ्नै गर्थ्यो मन मानी याद छ कालु।।
बोलाउथ्यौ भनेर सानी याद छ कालु।।
परिसान हुन्थे तिम्रा हरकत बाट धेरै।
कति बिग्रेको थियो बानी याद छ कालु।।

प्रकाश मगर बियोगी
बिगतका बानी हरु सुधारी सकें मैले।।
यो दुखी जिन्दगी संग हारी सके मैले।।
तिम्रो साथ बिना दिनियाँ अध्यारो लाग्छ।
ति काला क्षणलाई माया मारी सके मैले।।

ऋतु प्रियशि
चुईन्छ घरको छाना के गरी चित्त बुझाउने ।।
छैन खाने अन्न दाना के गरी चित्त बुझाउने ।।
बाबा आमा बिमारी भै ओछ्यानमा लड्नु भा छ
छोरा छोरी साना छन् के  गरी चित्त बुझाउने ।।

प्रकाश मगर बियोगी
पुरानो छाना फाली नयाँ छाना गाँसौला ||
साहुको ऋण तिरी अन्न दाना गाँसौला ||
छिटै आउदैछु  नरुनु भन्नु आमालाई।
हाँसी खुसी भएर पाथी माना गाँसौला ||

ऋतु प्रियशि
सिमा चेप्न खोज्छन छिमिकिले अचेल।।
निकै हेप्न खोज्छन छिमिकिले अचेल।।
चाडै आई समाल घरबारी आफ्नो प्रिया।
आफ्नै नाम लेख्न खोज्छन छिमेकिले अचेल।।

प्रकाश मगर बियोगी
त्यस्तो अत्याचार गर्ने छिमेकी नै पापी हुन्।।
आफ्नैमा मारामार गर्ने छिमेकी नै पापी हुन्।।
कुरो सुल्झाउला नि बहस गरी समाज भित्र।
कुरितीका ब्यापार गर्ने छिमेकी नै पापी हुन्।।

ऋतु प्रियशि
दुनिया बाट सरिदिउँ  जस्तो हुन्छ कहिले मलाई।।
आत्माहत्या गरिदिउँ जस्तो हुन्छ कहिले मलाई।।
घरको अभाव संगै दभाव छिमेकिको देख्दा पनि ।
हेर न  प्रकाश मरिदिउँ जस्तो हुन्छ कहिले मलाई।।

प्रकाश मगर बियोगी
तिमी मर्ने कुरो नगर यहाँ त्यसै मर्छु म।।
फुल्न नपाई कोपिलामै सुकेर झर्छु म।।
जिम्वारी थपिन्छ समय अनुसार ऋतु।
तिमीले भन्छौ भने यो खाडि तर्छु म।।
१०
ऋतु प्रियशि
तड्पेकि छ तिम्रो काली  जसरी नि आउ।।
आउनै पर्छ है यस पाली जसरी नि आउ।।
खेत बाँझै छ हाम्रो दुबै मिलि बनाउला नी।
लगाउनु पर्छ धान बाली जसरी नि आउ।।
१०
प्रकाश मगर बियोगी
तिम्रो लागी सिन्दुर पोते किनी राख्या छु।।
कोमल थियो तिम्रो मन चिनी राख्या छु।।
बाँझो खेतलाई म आएर जोत्ने छु नि प्रिया।
कहिले आउँछ दिन भन्दै गिनी राख्या छु।।

**** समाप्त ****

मुक्तक दोहोरी पठाउने ठेगाना : Muktakdohori@gmail.com अथवा तलको पेजमा मेसेज गर्नुहोला !!

मुक्तक दोहोरीमा  भाग लिन अथवा मिठा मिठा मुक्तक दोहोरी पढ्न / सुन्न  हामि संग जोडिनु होला |

 
प्रतिक्रिया  दिन  नभुल्नु होला !
Share this article :

No comments:

Post a Comment

 
Support : Copyright © 2011. chukuprakash | Nepali Lifestyle,Nepali literature,entertainment,Software - All Rights Reserved
Template Design by Prakash aryal Proudly powered by Blogger