Pages

Home » » कृष्ण प्रताप महतका केहि मुक्तकहरु [ गुल्मी पिपलधारा ]

कृष्ण प्रताप महतका केहि मुक्तकहरु [ गुल्मी पिपलधारा ]

कृष्ण प्रताप महतका
मुक्तकहरु ....
=========================
तिमिले जस्तो रुप फेर्न जान्नी भए मैले ।
जो सङ्ग धन उतै मन तान्नी भए मैले ।
सायद हाम्रो सम्बन्ध पैले टुट्थ्यो होला,
सधैभरी तिमिलाइ दोषी मान्नी भए मैले ।

=========================
कहिले यता कहिले उता गर्छस हाम्रै वरिपरि ।
जो छ होचो उतै घोचो पिडा दिन्छ्स घरिघरि ।
रोड्पती बनाइहालिस ७ हजारको ज्यान लगिस,
के-के गर्छस अहिल्यै गर त्रास नदे सधैभरी ।।


=========================
बधाई मात्र भन्न सक्छु आजको यो घडीमा ।
पागल पनि बन्न सक्छु आजको यो घडिमा ।
अझै किचकिच गरेर उडाउन खोज्यौ भने फेरि!
तिम्रो खाडल खन्न सक्छु आजको यो घडिमा।

=========================
तिम्रो त मायामा केही छ यार ।
मन तान्ने चुम्बक त्यही छ यार ।
म यस्तो सडकमा खादा बस्दा पनि,
निरन्तर सम्झना अझै छ यार ।।

=========================
शान्तिको दुत बनेर आउ बुद्ध तिमी ।
दुखमा छ्न नेपाली बचाउ बुद्ध तिमी ।
घर नाता गुमाएर ओठ्मुख सुक्या बेला,
अलिकती खुसी दिई हसाउ बुद्ध तिमी ।

=========================
माया गर्न थाल्छ्न रे तलब पाएपछी ।
दुनिया नै ठगिन्छ्न रे जलप लाएपछी ।
सस्तो यो मायाबाट पखाला चल्छ जब,
धोके भनी सराप्छ्न रे फ्लप खाएपछी ।

=========================
सारा नेपाल बासिहरु रुएको बेला ।
बिदेशिको आँसु पनि चुहेको बेला।
ठाडै चार टुक्रा पारिदिनु भ्रम छर्नेलाइ,
बाइबल बेच्न गाउसहर पुगेको बेला ।

-कृष्ण प्रताप महत
गुल्मी पिपलधारा
Share this article :

No comments:

Post a Comment

 
Support : Copyright © 2011. chukuprakash | Nepali Lifestyle,Nepali literature,entertainment,Software - All Rights Reserved
Template Design by Prakash aryal Proudly powered by Blogger