Pages

Home » » नेपाली गजल : ढलेका घरहरुलाई, उभाउँला सानु [ टंकबहादुर झाँक्रीमगर "समीप बैरागी" ]

नेपाली गजल : ढलेका घरहरुलाई, उभाउँला सानु [ टंकबहादुर झाँक्रीमगर "समीप बैरागी" ]

गजल 
ढलेका घरहरुलाई, उभाउँला सानु ।
हाम्रो गाउँलाई फेरि, बसाउँला सानु ।

नरुनु यसरी पुरा देश, यस्तै छ यहाँ ,
दु:ख सुख गरि दिन, कटाउँला सानु ।


शोकलाई हामी बदल्नु, पर्छ शक्तिमा ,
यो सरकारलाई पनि, जगाउँला सानु ।

प्रकृतिले दियो हेर, दु:खको उपहार ,
भत्केको शहर सबैले, बनाउँला सानु ।

हजारौं मान्छेहरुले, जिन्दगी गुमाए ,
बाँचेकालाई नयाँ पाठ, पढाउँला सानु ।

टंकबहादुर झाँक्रीमगर "समीप बैरागी"
मिरुल, रोल्पा
हाल: समुन्द्र पारिबाट
Share this article :

No comments:

Post a Comment

 
Support : Copyright © 2011. chukuprakash | Nepali Lifestyle,Nepali literature,entertainment,Software - All Rights Reserved
Template Design by Prakash aryal Proudly powered by Blogger