Pages

Home » » नेपाली गजल : आफ्नै फोटो नाङ्गो,बनाउॅछौ .... [ सीताराम राई ]

नेपाली गजल : आफ्नै फोटो नाङ्गो,बनाउॅछौ .... [ सीताराम राई ]

गजल 
सोझालाई बाङ्गो,बनाउॅछौ र मन पर्दैन।
आफ्नै फोटो नाङ्गो,बनाउॅछौ र मन पर्दैन।

आफैं सीमा कोरेर ,आफैं बिरानो हुन,
मैदान चिरी छाङ्गो,बनाउॅछौ र मन पर्दैन।

आहारा त खोस्यौ नै,साहारा नै खोसी,
अरुलाई अपाङ्गो,बनाउॅछौ र मन पर्दैन।

लुकाएर राख्नु पर्थ्यो,सबै देख्ने सुन्ने गरी,
जवानी उदाङ्गो,बनाउॅछौ र मन पर्दैन।।

सीताराम राई उदयपुर
Share this article :

No comments:

Post a Comment

 
Support : Copyright © 2011. chukuprakash | Nepali Lifestyle,Nepali literature,entertainment,Software - All Rights Reserved
Template Design by Prakash aryal Proudly powered by Blogger