Pages

Home » » नेपाली गजल : आमा बाबा कहाँ जानु भयो खै... [ प्रकाश पाठक योगि ]

नेपाली गजल : आमा बाबा कहाँ जानु भयो खै... [ प्रकाश पाठक योगि ]

"गजल"
आमा बाबा कहाँ जानु भयो खै अझै पाएको छैन
एक रूपैया दिनुहोस न दाई केहि खाएको छैन !!

बेस्सरी रुँदै थियो मेरो सामु त्यो अबोध बालक
जाडोले थर्रर कामेको कपडा केहि लाएको छैन !!

राहत आयो ठुलो ठालोलाई मात्रै रजाई भयो
यो ठाऊमा चामलको  दाना नि आएको छैन !!

बरु यसरि नै मर्छू दाई स्वाभिमान बेच्नु भन्दा
पाइँदैन राहत त्यसैले दिनहुँ धाएको छैन !!

भक्कानिन्छ रे साईला दाईको मुटू पनि अचेल
र त बिरहको गित आज-कल उ गाएको छैन !!

"प्रकाश पाठक योगि"
चितवन
हाल-चेन्नै
Share this article :

No comments:

Post a Comment

 
Support : Copyright © 2011. chukuprakash | Nepali Lifestyle,Nepali literature,entertainment,Software - All Rights Reserved
Template Design by Prakash aryal Proudly powered by Blogger