Pages

Home » » नेपाली गजल : म खोज्दैछु माटोको इतिहास धमिरा बाट [ नवीन संघर्ष ]

नेपाली गजल : म खोज्दैछु माटोको इतिहास धमिरा बाट [ नवीन संघर्ष ]

गजल
म खोज्दैछु माटोको इतिहास धमिरा बाट ।
किन नष्ट हुदैछ्न आफै चिरा-चिरा बाट ।

छाती छिचोलेर मुटु भित्र देश रोईरहेछ,
जब देखि बग्न थाले धमनी र शिरा बाट।

खानेले पो तामा छोएर खाईदिन्छ कसम,
तोड्नेले तोडिदिन्छ सुन चाँदी हिरा बाट ।

संघर्ष र समयले पत्थरहरु शिला बनिदिन्छ,
जसरी बनेको छ पुतली झुसिल किरा बाट ।

भट्टीको साउनीले बेचेर भट्टी चलाए जस्तै,
मैले पिएर चलाईदिए जिन्दगी मदिरा बाट ।

नवीन संघर्ष (सिन्धुली नेपाल)
Share this article :

No comments:

Post a Comment

 
Support : Copyright © 2011. chukuprakash | Nepali Lifestyle,Nepali literature,entertainment,Software - All Rights Reserved
Template Design by Prakash aryal Proudly powered by Blogger