Pages

Home » » गाएक सन्तोष अधिकारी नया गीतको तयारीमा

गाएक सन्तोष अधिकारी नया गीतको तयारीमा

नेपाली सुगम संगीतको क्षेत्रमा  सन्तोष अधिकारी अपरिचित नाम भने पक्कै होइन | २०४९ सालमा धादिङ नलाङ ७ बैरेनी मा जन्मेका गाएक अधिकारी २०६७ साल देखि गुरु चण्डीप्रसाद काफ्ले संग आधुनिक तथा सत्रिय संगीतको औपचारिक रुपमा प्रशिक्षण थालेका अधिकारीले हाल राम्रो गीतकार तथा संगीतकारको रुपमा पनि परिचित छन् | उनले २०६९ सालमा   'प्रवेश'  र  २०७० सालमा मज्जा छुट्टै नामक गित तथा गजलहरूको एल्बम  स्रोताहरु सामु पस्किसकेका छन् | 


प्रवेश एल्बमले खासै चिनाउन नसकेता पनि मज्जा छुट्टै नामक एल्बम भित्र का शिर्ष गित मज्जा छुट्टैले उनलाई नेपाली संगीत क्षेत्रमा राम्रैसंग परिचित गरायो | सोहि गीतको म्युजिक भिडियो निकै चर्चित भयो र सबै स्रोता तथा दर्शकहरुको मनमा बस्न सफल गाएक अधिकारीले २०७० मा सोहि मज्जा छुट्टै गीतबाट उत्कृष्ट नवगाएक अवार्ड पाउन पनि सफल भए साथै धेरै सांगीतिक कार्यक्रम पनि व्यस्त देखिन थाले | आफ्ना गीत बाट आफुलाई चिनाउदै दर्शकहरुको अथाह माया पाएका अधिकारीले हालसम्म केहि कलेक्सन एल्बम हरुमा पनि स्वर दिएका छन् | यसरी सबैका माया पाउन सफल अधिकारी आफ्नो नया गीतको तयारीमा रहेको बताउछन् |  आफ्नै सब्द स्वर तथा संगीतमा रहेको नया गित छिट्टै श्रोताहरु माझ प्रस्तुत गर्ने बताएका छन् | धेरै मेहनतका साथ उक्त गित तयार भएको हुनाले नेपाली संगीत प्रेमी स्रोता हरुको अझै माया पाउछु भन्ने कुरामा गाएक अधिकारी बिस्वस्त छन् | 
Share this article :

No comments:

Post a Comment

 
Support : Copyright © 2011. chukuprakash | Nepali Lifestyle,Nepali literature,entertainment,Software - All Rights Reserved
Template Design by Prakash aryal Proudly powered by Blogger