Pages

Home » » दिपेन्द्र बिबश बिष्ट का केहि गजलहरु

दिपेन्द्र बिबश बिष्ट का केहि गजलहरु

गजल
कुन बाहिर कुन भित्र थाहै नहुने !!
कुन दुस्मन कुन मित्र थाहै नहुने !!

उस्को ब्याभार यति अनौठो छ !
कुन असुभ कुन पवित्र थाहै नहुने !!

यो नजर पनि कमाल गर्छ कहिले !
कुन सालिक कुन चित्र थाहै नहने !!

मन बाट नै जोडे पनि नाता हरू !
राम्रो नराम्रो सचरित्र थाहै नहुने !!



=========XX===========

नेपालि जनताको खुन चुस्ने कुकुर मुर्दाबाद
छ सय एकको ईसारामा भुक्ने कुकुर मुर्दाबाद

देशमा हत्या हिंसा फैलायर महान ठाँन्छौ होला
बिदेशि को संक्ति सामु झुक्ने कुकुर मुर्दाबाद

जुन आमाले जन्म दिई हुर्काईन ठुलो बनाईन्
साला त्यै आमाको मुखमा थुक्ने कुकुर मुर्दाबाद

हेर?हेर तड्पिडै थिईन नेपाल आमा प्यासि मा
कर्णालि, कोशि लियर लुक्ने कुकुर मुर्दाबाद

दिपेन्द्र बिबश बिष्ट
सु•प• कैलालि
Share this article :

No comments:

Post a Comment

 
Support : Copyright © 2011. chukuprakash | Nepali Lifestyle,Nepali literature,entertainment,Software - All Rights Reserved
Template Design by Prakash aryal Proudly powered by Blogger