Pages

Home » » युवा मुक्तककार हरिशरण अर्यालले गरे मुक्तकबाटै खबरदारी

युवा मुक्तककार हरिशरण अर्यालले गरे मुक्तकबाटै खबरदारी

धादिङका मुक्तककार हरिशरण अर्यालले आफ्ना ५ मुक्तकबाट यसरी खबरदारी र गुनासाहरु ब्यक्त गरेका छन ;

मुक्तक नम्बर :१

जताततै भ्रष्टाचारको गन्ध भएपछि
देशमा सधै हड्ताल र बन्द भएपछि
आँसु झार्दै युवा शक्ति जानुपर्छ खाडी
नेताको ताल कछुवा झै मन्द भएपछि

मुक्तक नम्बर :२

पेट्रोल छर्केर ज्युदै मानिस जलाइन्छ मेरो देशमा
निर्दोष दुधे बालक लाइ  गोलि चलाइन्छ मेरो देशमा
बुद्ध भुमी नेपाल भनी कसरी शान्ति पाउन सक्छु
अपराधी माथी बिजयको ताली बजाइन्छ मेरो देशमा

मुक्तक नम्बर :३

गुजारा चलाउदैछन् कति जडिबुटी बेचेर
कोहि ब्यापारमा रमाउदैछन सुकुटी बेचेर
आज उ चिल्लो कार र अग्लो महलमा छ
नेता भएकै कारण देशको ढुकुटी बेचेर

मुक्तक नम्बर :४

अझै ठप्प भएको नाका खोल्न सक्दैनौ भने
भारत विरुद्ध एकजुट भइ बोल्न सक्दैनौ भने
के का लागि खान्छौ सपत र गाउँछौँ रास्ट्रीय गान
नेता ज्यु हिमाल,पहाड र तराई जोड्न सक्दैनौ भने

मुक्तक नम्बर :५

हिमाल पहाड र अनि तराई एकै हुनुपर्छ
एकलाइ पीडा पर्दा अर्को पनि रुनुपर्छ
यता आँसु झारिरहदा उता शत्रु हासिराछन
सबको आँसु नेपालको सम्बिधानले धुनुपर्छ

हरिशरण अर्याल
धादिङ
हाल : काठमाडौ

Share this article :

No comments:

Post a Comment

 
Support : Copyright © 2011. chukuprakash | Nepali Lifestyle,Nepali literature,entertainment,Software - All Rights Reserved
Template Design by Prakash aryal Proudly powered by Blogger