Pages

Home » » आफ्ना २ गजलबाट शान्ती बोलाउदै - दीपक नेपाली

आफ्ना २ गजलबाट शान्ती बोलाउदै - दीपक नेपाली

१ ......

आउ शान्ति आउ हिमाल बाट आउ
आमुल परिबर्तनको चाल बाट आउ

देश रोएको छ यहाँ जन्ता रोएको छ
समग्रमा भन्नु पर्दा  ताल बाट आउ

सिङ्गो राष्ट्र अशान्तिको भुमारीमा पर्दा
सिता भृकुटी र बुद्ध नेपाल बाट आउ

आकाश फोडेर यात धर्ति चिरेर यहाँ
शान्तिको बिगुल फुक्दै पर्खाल बाट आउ

दु:खी गरिव जनताको अधिकार बोकेर
निमुखा र टुहुराको संजाल बाट आउ

२.......

आज स्वदेश बिरामी छ सगरमाथा मुनि
लास बिनाको मलामी छ सगरमाथा मुनि

जता ततै अशान्तिको ज्वाला दन्के पछि
बिद्रोही को अग्रगामी छ सगरमाथा मुनि

उत्तर,दक्षिण,अजिङ्गरले डस्न थाले देखि
आँधि तुफान सुनामी छ सगरमाथा मुनि

देशको शोभा बचाउन धौ-धौ भएको बेला
न बैद्य छन न धामी छ सगरमाथा मुनि

एउटा भाई देश बिकासमा मरि हत्य गर्छ
अर्को भाई उ बेकामी छ सगरमाथा मुनि

    दीपक नेपाली
जाजरकोट,टालेगाउँ

Share this article :

No comments:

Post a Comment

 
Support : Copyright © 2011. chukuprakash | Nepali Lifestyle,Nepali literature,entertainment,Software - All Rights Reserved
Template Design by Prakash aryal Proudly powered by Blogger