Pages

Home » » नेपाली कविता : छैन सर्कार छैन [ बद्री प्रसाद दहाल ]

नेपाली कविता : छैन सर्कार छैन [ बद्री प्रसाद दहाल ]

छैन सर्कार छैन !

खुल्ला कालाबजारी , मुलुकभर बढ्यो , छैन सर्कार छैन ।
भन्छन् सर्कार आँफै ,मिलिभगत हुँदा , देशमा आम — चैन ।।
चर्का कालाबजारी , टुलुटुलु कसरी ? हेर्दछन् 'शीर्श — सत्ता ।
झर्का कालाबजारी , पुलुपुलु कसरी ? हेर्दछन् भ्रात्रिसत्ता ।। १।।

सर्कारैले उराल्यो , विधिरहित बनी , घोर कालाबजारी ।
सर्कारैले उचाल्यो , डन उपडन वा , छोरा डाँका मदारी ।।
सर्कारै नामधारी , सबतिर लफडा — हूलदङ्गा — फसाद ।
पार्टी नेता भनेका , धनपति डनका , प्राणवायु बतास ।। २।।

हा ! हा ! पुत्ला उपल्ला , मुलुक धन कयौ , क्या मजाले लुकायौ ।
गोर्खाली शान सग्ला , ॠषिमुनि जनका , ज्ञान अग्ला झुकायौ ।।
चर्क्यो बेमेल द्वन्द्वै , किन किन जन हो , छैन सर्कार धीर ।
थोत्रा नेत्रित्व फाली , तरुण मन लिई , आउ है कर्मवीर ।। ३।।

बद्री प्रसाद दहाल
धादिङ

Share this article :

No comments:

Post a Comment

 
Support : Copyright © 2011. chukuprakash | Nepali Lifestyle,Nepali literature,entertainment,Software - All Rights Reserved
Template Design by Prakash aryal Proudly powered by Blogger