Pages

Home » » सुजन क्षितिज याङ्मा राई का ५ मुक्तकहरु

सुजन क्षितिज याङ्मा राई का ५ मुक्तकहरु

सुजन क्षितिज याङ्मा राई का केहि मुक्तकहरु निम्न प्रकार छन् :

मुक्तकहरु 

ल्याएर शान्ती नयाँ बर्ष झिलमिल सहर बनाईदेउ।

सबैको रम्ने अनि रमाउने एउटा छुट्टै घर बनाईदेउ।
छैन हाम्रो देशमा कानुन सधै चलेकोछ अत्याचार।
भष्टचार र बलात्कारिलाई पिलाउने जहर बनाईदेउ।


दिन दिनै हाम्रो देशमा नारा जुलुश पुत्ला जन्दैछ।
काहीँ मन्दिर त काहीँ बिरहरुको सलिक ढल्दैछ।
नयाँ बर्ष सगै सबको मन बदलियोस हे भगवान।
गरिबको घरमा खै त नत बत्ती नत चुलो बल्दैछ।


हाम्रो देश नेपाल दिनै अस्ताउन लागेको घाम हुदैछ।
भित्र भित्रै सहर र बजारमा बिक्रीतिको काम हुदैछ।
नयाँ बर्ष तिमीले बदलाई देउ हाम्रो देश नेपाललाई।
गरिब त्यासै मरेकोछ भष्टचारिको मोटो दाम हुदैछ।


नयाँ बर्ष तिमीले देशको पालुवा फेरेर आउ।
जताततै खुशियाली अनि शान्ती बेरेर आउ।
दिन दिनै बढ्दोछ देशमा अशान्तिको पाटो।
तिमी आफै नयाँ बर्ष एक नजर हेरेर आउ।

बन्द हड्तालको जन्जिर नयाँबर्ष तोडेर आउ।
मौलाएकोछ हत्या हिंसा जरै बाट गोडेर आउ।
ल्याउनु पर्छ देशमा जनहित संविधान तिमीले।
भष्टचार अनि अत्याचार बिगतमै छोडेर आउ।

सुजन क्षितिज याङ्मा राई
ईलाम लक्ष्मीपुर ५
हाल मलेसिया
Share this article :

No comments:

Post a Comment

 
Support : Copyright © 2011. chukuprakash | Nepali Lifestyle,Nepali literature,entertainment,Software - All Rights Reserved
Template Design by Prakash aryal Proudly powered by Blogger