Pages

Home » » निस्चल अाँसु घायलका ५ मुक्तकहरु

निस्चल अाँसु घायलका ५ मुक्तकहरु

निस्चल अाँसु घायलका केहि मुक्तकहरु निम्न प्रकार छन् :
मुक्तककार
निस्चल अाँसु घायल

मुक्तकहरु 
एक्लै एक्लै टोलाईराछु तिमी टाढा बनेपछि।
अाज अाफ्नै अात्माले अाफैलाई छोडेपछि ।।
नदि छेउमा छटपटा'को माछी जस्तै भएँ अाज,
बगर बिचमा मलाई छाडि नदी उता बगेपछि ।।


गल्ती गरेँ महसुस भयो अाज अन्जानमा ।
लागि परे मेरा नजर तिम्रो प्रेम अपमानमा ।
चोखो मायाको ईसारा बुझ्न कहाँ सक्थेँ र म,
बुझ्ने बुद्धि भए अाज पस्ने थिईन मुग्लानमा ।।

नरौँ भन्छु परेलिले अाँसु थाम्न सक्दिन याँ ।
कलेजीको ज्वाला यादले मार्न सक्दिन याँ ।।
संगै जिउने संगै मर्ने केवल झुटो वचन रैछ ।
म पनि त तिम्लाई छोडि एक्लै बाच्न सक्दिन याँ ।



तिम्रो याद अाउछ अनि.. मुटु पोल्छ सानू ।
सपनिमा अतालिन्दै.. यो मन बोल्छ सानू ।।
खै कसोरी बुझाउ यो मन..बौलाए झै भा'छ,
बिपनाका चोट पीढा.. सपनाले खोल्छ सानू ।।


तिमी मरे मैले पनि बीस खाँदा के होला र ।
तिमी संगै मेरो लास घाट लाँदा के होला र ।।
पुरानो त्यो सति प्रथा उल्टाएर अाजै मैले,
महिला पछि लागि पुरुष सति जाँदा के होला र ।

निस्चल अाँसु घायल
मोरङ्
हाल - मलेशिया
[ बरिष्ठ उपाध्यक्ष
नवज्योति नेपाली साहित्य समाज ]
Share this article :

No comments:

Post a Comment

 
Support : Copyright © 2011. chukuprakash | Nepali Lifestyle,Nepali literature,entertainment,Software - All Rights Reserved
Template Design by Prakash aryal Proudly powered by Blogger