Pages

Home » » बि.एन.विकल्पका ५ मुक्तकहरु

बि.एन.विकल्पका ५ मुक्तकहरु

बि.एन.विकल्पका केहि मुक्तकहरु निम्न प्रकार छन् :

मुक्तकहरु 
ए प्रिय तिमीले र्फेने हर श्वास हो हावा
महसुस गरेर हेर मायाको आभास हो हावा
तिमीले त सोच्ने गर्छेऊ होला केवल
आँधी हूरि अनि बतास हो हावा

ओठमा लालि आँखामा गाजल सजाएर  आउछौ
हर रात सपनिमा मेरै वरिपरि लजाएर आउछौ
म संगित सम्झि गित गुनगुनाऊने गर्छु सधैं
तिमि हातमा चुरा पाऊमा पाऊजु बजाएर आउछौ

अध्याँरोमा लुकेकाहरु घाममा देखिन्छन
सबै स्वार्थिहरु आ-आफ्नै काममा देखिन्छन
अरे देखावटि माया कति गर्छौ यार प्रविधीमा पनि
यि सञ्जालक  फोटाहरु बृद्द आश्रममा देखिन्छन

मैले पुज्ने एउटा मात्रै भगवान हौ तिमी
मेरा हर रोगहरूको निदान हौ तिमी
मेरो त जीवनको अर्को नाम बनेको छ समस्या
हो मेरा हर समस्याको समाधान तिमी हौ

मलाई केहि धर्तिले केहि आकाशले सिकायो,
अभावमा गास बास अनि कपासले सिकायो,
म त्यसै बिद्रोहि बनेको कहाँ हो र प्रिया !!
केहि शहिदको लासले केहि ईतिहासले सिकायो।


बि.एन.विकल्प
थुमाक‍ोडाडा ७ कास्की
कास्की पोखरा
Share this article :

No comments:

Post a Comment

 
Support : Copyright © 2011. chukuprakash | Nepali Lifestyle,Nepali literature,entertainment,Software - All Rights Reserved
Template Design by Prakash aryal Proudly powered by Blogger