Pages

Home » » सागर क्षितिज राईका ५ मुक्तकहरु

सागर क्षितिज राईका ५ मुक्तकहरु

सागर क्षितिज राईका केहि मुक्तकहरु निम्न प्रकार छन् :

मुक्तकहरु 

कतै श्रीमान भनाउदाबाट कुटिन्छे नारी।।
कतै फटाहा बलत्कारीबाट लुटिन्छे नारी।।
अनि समाजमा भद्र भलात्मीको इन्साफ।।
र प्रष्ट दुनियाँको नजरबाट छुटिन्छे नारी।।


अझैसम्म महिनावारी हुदा पानी बार्नेहरु छन्।।
नछुने भयो भन्दै गाईको गोठमा सार्नेहरु छन।।
सबै-सबै भन्छन् सति प्रथा उन्मुलन भयो तर।।
पशुलाई झै व्यावहार गरि जिउदै मार्नेहरु छन् ।।


पुर्खाले मरेका ती बैरीहरु जाग्न थालेको छ।।
मेची कालीबाट नेपाल तिर लाग्न थालेको छ।।
हाम्रो कागडा र टिष्टा हामीबाट खोसाएर लग्यो।।
फेरी तराईका पन्ध्र जिल्ला माग्न थालेको छ।।


धनी होस या गरीब सबै एकदिन मर्छ्न।
धरतीका सृष्टि सकि खरानीमा छर्छ्न।।
सृष्टिको नियम हो जन्मे पछि मर्नु तर।।
यसको खटन सिर्फ भगवानले गर्छन।।


साथीहरु आउने जाने क्रम चलिरहेको छ।
फेरि यो मन उनकै यादमा जलिरहेको छ।
भेटिदाको खुसीहरु छुटिदाको पिडा पनि।
मेरो जिन्दगीले जसो-तसो छलिरहेको छ।

सागर क्षितिज राई
च्याँनडाडा :-१ सेखुवा
खोटाङ
Share this article :

No comments:

Post a Comment

 
Support : Copyright © 2011. chukuprakash | Nepali Lifestyle,Nepali literature,entertainment,Software - All Rights Reserved
Template Design by Prakash aryal Proudly powered by Blogger