Pages

Home » » प्रकाश पाठक योगीका ५ गजलहरु

प्रकाश पाठक योगीका ५ गजलहरु


प्रकाश पाठक योगी
चितवन १  जगतपुर
हाल-चेन


जिवन आखिरि एक मुठि सास रैछ
मर्ने त मर्छन बाच्ने लाई खास रैछ !!

बाचुन्जेलि तेरो र मेरो भन्दै भागेनि
चलुन जेलि सरिर मरे लास रैछ !!

आखिर मानब कसरि मर्छ त सोच्छु
पक्कैनि सरिरमा आत्माको बास रैछ !!

यहा तिम्रो आदेश बिना केहि हुन्न
तेसैले मानव सबै तिम्रो दास रैछ !!


जब बिस्तारै डुब्दै जान्छ घाम पर्न थाल्छ पिर
हेरत मन्दिरमा मौन छन् राम पर्न थाल्छ पिर !!

अलि-अलि भएको त्यो अन्न पनि लगिस दैब
परिवार पाल्नलाई छैन नि दाम पर्न थाल्छ पिर !!

कुनाबाट आएर छोरो जाडोले काम्दै भन्दछ
खै त बाबा अझै पाकेन माम पर्न थाल्छ पिर !!

बर्षौ देखि पसिना तेहि साहुकोमा बगाए मैले
आज आएर छैन भन्छ काम पर्न थाल्छ पिर !!

सकिननि ति लाला बाला चटकै छोडेर हिन्न
पिर पर्यो उस्तै बसु कि जाम पर्न थाल्छ पिर !!

पल्लो गाउँको दाई छुट्टिमा आएका रैहेछन
भन्दैछन् कमाई हुन्छ धुमधाम पर्न थाल्छ पिर !!


उनिहरूको पिडा कस्ले पो सुन्छर बरै
जस्लाई पर्छ उहि मात्र यहाँ रून्छर बरै !!

जे देखे त्यो शब्द मार्फत कोरेको हु मैले
ईश्वर दाहिने त मेरो पनि कहाँ हुन्छर बरै !!

जिवनमा उतार चढाब भैरहन्छ रोएर के भो
सधै जाल माकुरिले पनि कहाँ बुन्छर बरै !!

दु:ख त मरेको बेला मात्र परेछ भन्छ समाज
तर पिरै नपरि आशुँले मुहार को धुन्छर बरै !!

संसार यहि मोह जाल्मा अडिएको रैछ कठै
आशै नभई सधै टुट्ने माला को उन्छर बरै !!


आहा बिस्वकै अग्लो सगरमाथा सान छ मेरो
रातो र चन्द्र शुर्य भन्ने राष्ट्रिय गान छ मेरो !!

बिर गोर्खालि मर्छ बरू झुक्न कहिले जान्दैन
हेर त ईतिहासमा कत्रो पहिचान छ मेरो !!

चार जात छत्तिस वर्णको परिवारमा रम्ने
हिमाल,पहाड,तराईसबै जहान छ मेरो !!

ईतिहास पल्टाई हेर अझै ताजै छ रगत
ति पुर्खाले गर्दा बिस्व सामु ठूलै मान छ मेरो !!


हेर त यहाँ नेपाल चुक्यो भनि नलेखन यार
आँखाको आशुँ आँखामै सुक्यो भनि नलेखन
यार !!
पानि पनि नखाई कत्रो सानले लडे पुर्खाले
नेपाल एक्कै छिन्मा झुक्यो भनि नलेखन
यार !!
जब राष्ट्रका बिर सहिदको चर्चा हुदैन भने
ति कामै नलाग्ने चोर भुक्यो भनि नलेखन
यार !!
परि आउदा देशमा छाति थाप्न तम्सिन्छन
ब्यार्थै नेपालि हरू लुक्यो भनि नलेखन
यार !!
याँ सारा नेपाल रूदा आज के नै गर्यौ तिमिले
सबै मिलि मुखमा थुक्यो भनि नलेखन
यार !!
गर्ने बेलामा आफै मनोमानि गरिरहन्छौ तिमि
आखिरिमा उस्ले कान फुक्यो भनि नलेखन
यार !!


प्रकाश पाठक योगी
चितवन १ जगतपुर
हाल-चेन्नै
Share this article :

No comments:

Post a Comment

 
Support : Copyright © 2011. chukuprakash | Nepali Lifestyle,Nepali literature,entertainment,Software - All Rights Reserved
Template Design by Prakash aryal Proudly powered by Blogger