Pages

Home » » कविता : जन्मभुमि

कविता : जन्मभुमि

कविता ( जन्मभुमि )
pratibimbasuman.blogspot.com
---------------------------------------------
बिचित्रतामा एकता, आफ्नै गौरब र गाथा बोकि,
स्वणियतामा लुकामारी गर्दै भाबनात्मक गहिराइमा चुर्लुम्म डुब्न पुग्छु,
अनि भित्री मन देखि नै गदगद हुन्छु,
सम्झी मात्र आफ्नो जन्मभुमि ||
प्राकृतिक धरातलमा जीवन ब्यतित गर्दै जादा,
विशाल गरिबिको आकाशले किच्दा,
बिकल्पको खोजिमा स्वर्गको बत्तिलाइ चटक्क छोडी,
मरुभुमिको उट बनेर सम्पतिको लालचमा,
आफ्ना अ्उल्य मोतिका दाना नयनबाट बरर्बर्ती झारी,
रित्तो आत्मा बेची केही समय पल्टन्छु,
अनि मानासपटालमा पौठेजोरी गर्न थाल्छन बिगतका रमाइला क्षणहरु,
अनि टाउको ठोक्छु र सम्झन्छु आफ्नै जन्मभुमि ||
बम र बारुदको दर्दनाहक अवस्थाले नेपालिको छाती छिया-छिया बनी,
गोर्खालिको सङघ्य लिइ सर्बब्यापी भइ जोगाएको इतिहासको टुक्रा,
अनि संचित झन्डा दिनानुदिन सर्दै जादा,
यो अदृश्य मनले तीन बटा घाम देख्न थाल्छ,
तर यति बुझ्झकी छु कि :- "बिरालो रिसाए आफैलाइ चिथोर्छ ",
र हृदय केही लचिलो हुन्छ,
अनि सान्तित्वमा परिणत भएको हेर्न चाहान्छु,
आफ्नो प्यारो जन्मभुमी ||
राजनेताका फोश्रा तर्कहरु मस्तिष्कमा रुमलिन पुग्दा,
लाग्छ आफ्नै जन्मभुमिलाई लत्याएर बिदेसिको गधा बनी, स्वार्थतालाइ नाम्लो बनाइ,
कुर्शिको भारी सिंह दरबारमा बिश्रान्ती दिने हेतुमा के हाल बनी रहेछ ?
बिचरा त्यो अदभुत जन्मभुमिलाई के थाहा ??
हावाका बेगसंगै नाचिरहेका बृक्षका पातहरुले,
निर्णायक मलाइनै चाहिरहेको भान उब्जिदा,
अनि कोइलिका ती सुमधुर ध्वनिले मलाइनै स्वागत गरि बस्दा,
मन्दिरका घन्टिहरुले पुजारी मलाइनै चाहादा,
स्वर्गीय जन्मभुमि छोडी मरुभुमिमा काला दिनहरु बिताइरहेछु,
अनि धिकार्छु आफैले आफैलाइ,
जन्मभुमिको सेवा गर्न पाइन भगवान ||
घरमा आमाले पकाएको गुन्द्रुक र ढिडो सम्झन्छु,
माली गाइको दहि हिडने बेलामा पिएको सम्झिन्छु,
स्यामे दाइले दिएको खुकुरी,
अनि पाल्पाली टोपी हेर्दै बिताउछु दिन,
आफ्नै इज्जत गुमि - गुमि,
तर बिर्सन सक्दिन कहिल्यै आफ्नो जन्मभुमी ||
तर बिर्सन सक्दिन कहिल्यै आफ्नो जन्मभुमी ||

`प्रतिबिम्ब´ सुमन
pratibimbasuman.blogspot.com
सक्रान्ती - ४ मुसेगैरा, तेह्रथुम
हाल : बिराटनगर
Share this article :

No comments:

Post a Comment

 
Support : Copyright © 2011. chukuprakash | Nepali Lifestyle,Nepali literature,entertainment,Software - All Rights Reserved
Template Design by Prakash aryal Proudly powered by Blogger