Pages

Home » » केहि रोचक मुक्तकहरु [ कृष्ण प्रताप महत ]

केहि रोचक मुक्तकहरु [ कृष्ण प्रताप महत ]


यति धेरै कोहि मान्छे मन पर्छ किन ?
खाएनी लाखौ चोट नजिक सर्छ किन ?
आँखा,मुटु,मस्तिष्क सबै दोषी देख्छु म,
हर पल उनकै सम्झना गर्ने गर्छ किन?
कोहि सङ्ग मेरो साथ छोड्नु पर्नेछ ।
खाएका बाचा कसम तोड्नु पर्नेछ ।
कति हिड्नु उसैको पछी लागि मात्र,
अब त पुरै परिक्रमा मोड्नु पर्नेछ ।

तिमी पनि मायाको भोको छौ भने ।
तन, मन, बचनको चोखो छौ भने ।
मैले पनि नो भन्न कहाँ सकुला र,
भित्री दिल साच्चिकै छोको छौ भने।

बुढा बाले गाई बस्तुको स्वस्ती गर्दैछ्न रे ।
छोरा बिदेस बाईस घण्टा गस्ती गर्दैछन रे ।
बच्चा पढाउन शहर पसेका हाम्रा बुहारिहरु,
हल्ला आउछ्न घरगाउमा मस्ती गर्दैछन रे ।
कोहि उसलाई जिस्काउछ्न रुप देखेर ।
कोहि कोहि जिब्रो रसाउछ्न खुब देखेर ।
फलाम पनि सुन बन्छ जलप पोते पछि,
म यता हासिरहेको छु तिनै बेकुब देखेर 
बाह्रै महिना घरमा बुढी अन्नबाली छर्दा पनि ।
बीस घण्टा तातो रापमा मैले ड्युटी गर्दा पनि ।
अझै पीडा थप्दा प्रभु यस्तो सोच्न बाध्य छु म,
हिरन समेत दिन्नौ होला छट्पटिदै मर्दा पनि ।
भन्दै थियो उ मलाइ माया पनि बिक्छ ।
स्वास्नी राखे बजारमा नानाथरी सिक्छ ।
७ जुनि कसम खाका अन्तै भाग्छ्न भने,
बिहे हैन कृष्ण सर एक्लो बस्न ठिक छ ।
तिम्रो घरमा बिहेको होम चल्दै गर्दा ।
मेरो यता घाटतिर लास जल्दै गर्दा ।
अरु थप के होला सोच्न थाल आफै,
फरक धारका घटनामा आगो बल्दै गर्दा ।।

कृष्ण प्रताप महत
गुल्मी पिपलधारा -३


Share this article :

No comments:

Post a Comment

 
Support : Copyright © 2011. chukuprakash | Nepali Lifestyle,Nepali literature,entertainment,Software - All Rights Reserved
Template Design by Prakash aryal Proudly powered by Blogger