Pages

Home » » गजल : चस्केला छाती खाडीमा मदन ढलेको समय [ युवराज गौतम अन्तरमुखी ]

गजल : चस्केला छाती खाडीमा मदन ढलेको समय [ युवराज गौतम अन्तरमुखी ]


चस्केला छाती, खाडीमा मदन, ढलेको समय
एक् थोपा आँसु, नझार्नु देह जलेको समय

भौतिक शरीर , भएनी टाढा, म संगै आत्मा छ
भनेर जान्नु, मध्यनी रातमा, छलेको समय

बिछोडले मुटु, दुखेमा अति , सम्झेर भुलिदेउ
यौवन छँदा , काखमा बसी, चलेको समय

धराको हामी, अतिथि रैछौं, दुईदिनको निमित्त
फर्केर उतै, जानु नै पर्छ , गलेको समय

गए म टाढा, आउँदछ भनी, भर पर्नु अबश्य
चुलाको आगो, भर्भर गरी, बलेको समय

युवराज गौतम अन्तरमुखी
कल्लेरी 8
धादिङ
हाल कतार
Share this article :

No comments:

Post a Comment

 
Support : Copyright © 2011. chukuprakash | Nepali Lifestyle,Nepali literature,entertainment,Software - All Rights Reserved
Template Design by Prakash aryal Proudly powered by Blogger