Pages

Home » » आफ्नो देशको सम्झनामा केहि गजलहरु [ नानू मगर ]

आफ्नो देशको सम्झनामा केहि गजलहरु [ नानू मगर ]

नानू मगर
किचनास ८ स्याङ्जा
नानु मगर ज्यु का केहि गजल हरु 

आज भन्दा भोली झन मेरो देश डुब्दै छ।
अनि भित्र भित्रै भस्सिएर त्यसै लुक्दै छ।

कति दिन बस्ने हुरि बतास संग लडेर।
सान्ति छैन अझै देशमा भुकम्प घुम्दै छ।

कठै कस्तो भयो होला यो मेरो देश आज।
यहाँ नेपालीको आँशुले मातृभूमी रुझ्दै छ।

नेपाल आमाको सम्झनामा कल्पिदै हामी।
हाम्रो ईतिहास झल्काउन सप्ना बुन्दै छ।

बिचरा रुदै छन् सबै भाब बिहील भएर।
पीडाले निद छैन भोक पियास भुल्दै छ।


बिनाशकारी भुकम्पले घर मेरो चर्केको छ।
अनि हुरी आएर पानी पनि अझै दर्केको छ।

बन्दै छौ कठोर हे दैब तिमी दुःखी माथि झन।
सम्झि सम्झि सताउन किन फेरि फर्केको छ।

राखेयौ खुल्ला आकास मुनि पालमा सारेर।
दुश्तहरुले पाप गरेर भगवान पनि झर्केको छ।

तर्साउन आयो भुकम्प मध्या दिनमा अचानक।
मसान घाटै बनायौ बरै मुटू अझै थर्केको छ।

घाउमा मल्हम लाउदै यो मन सम्हाल्दै थियौ।
दैबले पनि घरि घरि यसैमा नुन छर्केको छ।

मेरो झुपडी ढलेर माकुरा हरुको जालो छ।
हाँस नभन मलाई दिलमा घाउ आलो छ।

सबैलाई नाङ्गा अनि भोका बनाएर गयौ।
छैन पेटमा आहारा न जिउ ढाक्ने टालो छ।

कहिले आउला अब खुसीको बहार देशमा।
मेरो नेपाल बादल लागेको जस्तो कालो छ।

लग्यौ घर बारि लुतेर सारा जन्ता रुवाउदै।
सुकुम्बासी नै बनायौ न डोको न डालो छ।

रोकि दैन भुकम्प पनि आउदै छ काल बनि।
भन्देउ न हे दैब लान अझै कतिको पालो छ।

ढलेनी देश फेरि बिकास हुनु जरुरी छ।
त्यसैले यहाँ कोही त खास हुनु जरुरी छ।

लागिन्छ सबै छोडि नेपाल बिदेशी भुमीमा।
जिउन लाई खाडीमै दास हुनु जरुरी छ।

जन्मिन साथ भगवानले मृत्यु पनि लेखाउछ।
संसार छोड्नै पर्छ हो लास हुनु जरुरी छ।

सकिन्न बाच्न नखाई नलाई हामी धर्तिमा।
खान गाँस र बस्नको बास हुनु जरुरी छ।

मित्रता गाँस्न त्यो मन संग मिलन बनाउन।
भावना संग साँच्चै आभास हुनु जरुरी छ।

मेरो देश भुकम्पमा पर्दा धेरै रोएको छु।
अनि सुन्दर धरहरा झर्दा धरै रोएको छु।

अवस्मर्णिय कालो दिन बनेर आयौ बरै।
कठै सारा नेपाली नै मर्दा धेरै रोएको छु।

दियौ चोट दैब छाने रै हामी नेपाली लाई।
मातृभूमि रगतले बलि छर्दा धेरै रोएको छु।

सगरमाथा र नेपाल आमाको सिर धाल्यौ।
हे भगवान तिम्ले घात गर्दा धेरै रोएको छु।

सडक भरि लासै लासको त्यो बिस्कुन हुदा।
रमाउदै भगवान पनि पर सर्दा धेरै रोएको छु।

बिचरा ती नाबालकहरु अनाथ बनायौ किन।
लुटेर ए दैब सारा खुशी सखाप बनायौ किन।।

नेपाल अनि नेपालीलाई शोकै शोकमा राखेर।
रमाउदै गयौ यो अधुरो जवाफ बनायौ किन।।

छुटाएर काख रुवाई लग्यौ नमेतिने चोट दियौ।
टुहुरो पार्यौ अनि मायाको अभाब बनायौ किन।।

ढलायौ ईतिहास मेटायौ सहिदहरुको निसानी।
र नेपाललाई भोक मरिको बजार बनायौ किन।।

भरिपुर्ण थियौ सम्पत्तिले हामी नेपाली जन्ता ।
तर अाज सबैलाई खाली हात बनायौ किन।।

नानू मगर
किचनास ८ स्याङ्जा
हाल कुबेत
Share this article :

1 comment:

Unknown said...

Beautiful & strong words

Post a Comment

 
Support : Copyright © 2011. chukuprakash | Nepali Lifestyle,Nepali literature,entertainment,Software - All Rights Reserved
Template Design by Prakash aryal Proudly powered by Blogger